धनुषा प्रहरी द्वारा विभिन्न स्थानबाट गाँजा, ब्राउन सुगर र श्रोत नखुलेको रकम बरामद
2 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुर धाम, फागुन ५ गते
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाको विभिन्न स्थानहरु बाट गाँजा, ब्राउन सुगर र श्रोत नखुलेको रकम बरामद सहित संलग्न रहेका हरुलाई पक्राउ गरेको छ ।
आज सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत जिल्लाको विभिन्न स्थानबाट भएको आपराधिक घटनाका बारेमा र नियंत्रणका प्रयास सम्बन्धमा धनुषा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यही फागुन ४ गत्ते बेलुकी धनुषाको गणेशमान चारनाथ नगरपालिका १ स्थित बालुवा खोलामा लागु औषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तीवारीले पत्रकार सम्मेलनमा बताएका हुन ।
त्यस्तै, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्नै क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध पदार्थसहित पक्राउ गरेको एसपी तीवारीले जानकारी दिए ।
त्यस्तै, फागुन ४ गत्ते (हिजो) जनकपुरधाम वडा नं. ८ स्थित रहेको न्यू अनुष्का ट्रेडर्स मनी ट्रान्सफर बाट श्रोत नखुलेको ४७,८४,६३५ रुपैया बरामद भएको छ । उत्त रकम कस्को र कहाँबाट आयो भन्ने विषयमा जनकपुरधाम वडा नं ८ बस्ने गौरी शंकर साहकी छोरा वर्ष २६ को जेनिस कुमार साहलाई अनुसन्धानका लागि हिरासतमा लिइएको एसपी तीवारीले आजको प्रेस मिटमा बताएका हुन ।
त्यस्तै, सोही दिन वडा नं. ८ बाट १० लाख नेपाली रुपैयासहित भारत सितामढी बस्ने ४२ वर्षका जामुन नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका सबैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा बाट माघ महिना भरको कार्य प्रगति विवरण पत्रकारहरुलाई उपल्बध गराएका थिए।