अवैध अस्पतालमा प्रतिबन्ध, सरकारी अस्पताल सुधारको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ६ गते 

अवैध रूपमा सञ्चालित निजी अस्पतालहरूमा पूर्ण प्रतिबन्ध लगाउन तथा प्रादेशिक सरकारी अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय एकता अभियान जनकपुरले आज मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले अस्पताल अगाडि भेला भएर नाराबाजी गर्दै मुख्यमन्त्री सतीश सिंहको पुतला दहन गरेका छन्। अभियानका नेताहरू मनीष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा, आम नागरिक लगायतको नेतृत्वमा प्रदर्शन भएको हो । उनीहरूले "अवैध अस्पताल बन्द गरौं, सरकारी अस्पताल सुधार गरौं" तथा "स्टन्टबाजी होइन, स्वास्थ्य सेवामा वास्तविक सुधार चाहिन्छ" जस्ता नारा लगाउँदै सरकारको आलोचना गरे। प्रदर्शनकारीहरूले सरकारलाई अस्पताल सुधारको दायित्वबाट विमुख हुन नदिने भन्दै यदि तत्काल सुधारका कदम नचालिए, अझै सशक्त आन्दोलन गरिने चेतावनी दिएका छन्।

 

प्रदर्शनकारीहरूले प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध नभएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, सरकारी अस्पतालहरूमा गुणस्तरीय सेवा अभावका कारण बिरामीहरूलाई जबरजस्ती निजी अस्पतालमा पठाइन्छ, जहाँ बिरामीहरूसँग अत्यधिक शुल्क असुल्ने, अनावश्यक परीक्षण गराउने र महँगा उपचार प्रक्रिया अपनाउने जस्ता ठगीका क्रियाकलाप भइरहेको छ। स्वास्थ्य सेवामा देखिएको यो संकटका लागि सरकारको उदासीनता जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीहरूले सरकारलाई अबिलम्ब गम्भीर कदम चाल्न चेतावनी दिएका छन्। उनीहरूको माग छ कि स्वास्थ्य मन्त्रालयले तत्काल प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ठोस योजना अघि सार्नुपर्नेछ बताएका थिए।

 

प्रदर्शनकारीहरूले जनकपुरधाम र आसपासका क्षेत्रमा नियमविपरीत सञ्चालनमा रहेका निजी अस्पतालहरूमा तत्काल छानबिन गरी अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई बन्द गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, केही निजी अस्पताल तथा स्वास्थ्य क्लिनिकहरू सरकारी निकायहरूको आडमा अवैध रूपमा सञ्चालनमा छन्। उनीहरूले सरकारलाई चेतावनी दिँदै भने, "सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउने योजनाबद्ध षड्यन्त्र भइरहेको छ। स्वास्थ्य मन्त्रालय र प्रदेश सरकार मौन बसेको छ, जुन अस्वीकार्य छ। यदि सरकारले अब पनि कानमा तेल हालेर बस्छ भने, जनताले अझ सशक्त आन्दोलन गर्नेछन्।"

 

स्वास्थ्य सेवा नागरिकहरूको मौलिक अधिकार भएको भन्दै प्रदर्शनकारीहरूले सरकारी अस्पतालहरूको स्तरोन्नति, आधुनिक उपकरणको उपलब्धता र विशेषज्ञ चिकित्सकहरूको दरबन्दी तत्काल वृद्धि गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सरकारलाई स्पष्ट सन्देश दिएका छन् कि स्वास्थ्य सेवा कुनै पनि हालतमा व्यावसायीकरण हुन दिनु हुँदैन, बरु जनताका लागि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न राज्यले जिम्मेवारी पूरा गर्नुपर्छ। प्रदर्शनपछि अस्पताल प्रशासन तथा सरकारी प्रतिनिधिहरूसँग वार्ता गर्ने प्रयास गरिएको थियो, तर कुनै ठोस प्रतिबद्धता नआएपछि प्रदर्शनकारीहरूले संघर्ष जारी राख्ने बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  इन्द्र भुषण यादव  जनकपुरधाम, वैशाख १ धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्या..

  सुरेन्द्र रविदास  जनकपुरधाम, चैत्र ३१ — राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश प्रथम अधिवेशन जनकप�..

  जनकपुर धाम, चैत्र ३१ गते— वीरगंजमा हनुमान जन्मोत्सवका अवसरमा आयोजित शोभा यात्रामाथि भएको ढुंगामुढा घटनाको �..

जनकपुरधाम, चैत ३०गते  नेपाल ई-रिक्सा मजदुर संगठन धनुषाको अध्यक्ष बिरेन्द्र कुमार महतोको अध्यक्षतामा आज मिथिला ..

मोनु गुप्ता     जनकपुरधाम , चैत्र २९ मधेश प्रदेशको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताको धरोहर धनुषाधाम स्थि�..