मुख्यमन्त्री सिँहले गरे वीरगन्जका दुई क्यासिनो अनुगमन,होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली लाई नियन्त्रण

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, ७ फागुन । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित आदर्शनगरस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो अनुगमन गरेका छन् । क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिँहले बुधबार ती क्यासिनो अनुगमन गरेका हुन् । 

अनुगमनक्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको ती नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन अनुमति पाएका क्यासिनोमा जुवा खेल्न र क्यासिनो स्थलमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमै वर्जित छ । 

क्यासिनोमा प्रवेश गर्नेहरूको अभिलेख व्यवस्थापन रीतपूर्वक भएको नदेखिएपछि मुख्यमन्त्री सिँहले ती दुवै क्यासिनो व्यवस्थापनलाई एक महिनायता प्रवेश गरेकाहरूको परिचयपत्रसहितको प्रविष्टी सूची र एक साताको सिसिटिभी फुटेज, कर्मचारीको विवरण लगायतका कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका छन् । अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले बुधबार वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोका कारण एक नेपालीले ४० लाख रुपैयाँभन्दा बढी रकम गुमाएको सूचना प्राप्त भएपछि क्यासिनो अनुगमन गरिएको बताए । उनले सुरक्षालगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । 

मुख्यमन्त्री सिँहले क्यासिनोबाट प्राप्त हुने दस्ताबेजको अध्ययन तथा विश्लेषणका आधारमा थप कारबाही अघि बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..