अपराध अनुसन्धानमा प्रविधिकोे अधिकतम उपयोग गरिनु पर्छ ः मुख्यमन्त्री सिँह

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, १३ फागुन 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिकोे अधिकतम उपयोग गरिनुपर्ने बताएका छन् । 

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेश प्रहरी कार्यालय जनकपुरधाम द्वारा जनकपुरधाममा मंगलबार आयोजित अपराध अनुसन्धान सम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकताअनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने औंल्याए । 

उनले समयक्रमसँगै अपराधका प्रकृति र आयाममा बदलाव आउँदै गएको र यसले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने उल्लेख गरे । 

उनले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेको भन्दै त्यस स्थितिबाट पार पाउन अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने बताए । मुख्यमन्त्री सिँहले भने, “प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ ।”

शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, बिस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुुनुपर्ने बताए । उनले भने, “सबै जिल्लाका अपराधसम्बन्धी तथ्याङ्क एक ठाउँमा ल्याउनुस्, तिनमा भएका अनुसन्धानका सबै पाटा केलाउनुस् अनि प्रगतिमा देखिएका चुनौतीलाई सामना गर्न कार्यनीति बनाउनुस् । यसले प्रहरी संगठनको कार्य र छवि दुबै अब्बल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..