प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई सुत्ने कोठामा बञ्चरो प्रहार गरी हत्या

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, फागुन १५ गते

विवाहेत्तर साढे दुई वर्ष अगाडि देखिको प्रेम सम्बन्ध सामाजिक रुपमा मेटाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोल स्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका २४ वर्षकी अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका आजको पत्रकार सम्मेलनमा प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पत्रकार सम्मेलनमा आज जानकारी दिए ।

 

कतारमा कार्यरत अन्सारीलाई अनिता यादवले नै अन्सारीकी श्रीमती बिरामी रहेको भनी परिपञ्च रचि फर्जी मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । नेपाल फर्केका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया आएका थिए ।

 

अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बञ्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या पश्चात शवलाई जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो ।

 

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा शवको फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। तर, उनका श्रीमान राजकिशोर यादव हत्या पश्चात् साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जना

एको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..