मधेस प्रदेशका निजी तथा सरकारी विद्यालयको अनिवार्य अनुगमन हुने छः शिक्षा मन्त्री तिवारी

10 महीना पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुरधाम, १६ फाल्गुण

 

ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डींग स्कुलको ३४ औ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि तथा शिक्षा तथा सँस्कृति मन्त्री माननीय रानी कुमारी तिवारीले विद्यालयलाई बधाई दिदै विद्यालय परिवारको प्रशंसा गर्नु भएको छ । 

मन्त्री तिवारीले सरकारी विद्यालय नीजि विद्यालय भन्दा महँगो रहेको छ । किनभने सरकारी विद्यालय जनताको राजस्वबाट नै संचालन भएको छ । सरकारी शिक्षकको सेवा सुविधा निजि भन्दा पनि राम्रो छदाछदै सरकारी विद्यालयको अवस्था कमजोर हुनमा राज्य तथा नागरिक समाज जिम्मेबार रहेको बताउनुभयो । यसको लागि स्थानीय सरकार,प्रदेश सरकार तथा संघीय सरकार समेत यसको दोषि रहेको छ र यसलाई हामीले समयमै स्वीकार गर्नै पर्दछ । मन्त्री तिवारीले शुभकामना मन्तब्य दिदै शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास असम्भव रहेकोले यस क्षेत्रमा सबै ध्यान जानु अति आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रमा अहिले पनि ३ देखि ४ प्रतिशत मात्र लगानी भएको पाइन्छ अन्य क्षेत्र भन्दा । जबसम्म यस क्षेत्रमा विकासको बजेटको दायरा बढाइदैन तबसम्म यस क्षेत्रको विकास असम्भव देखिन्छ । अहिले पनि गरिब तथा निमुखाका बच्चा मात्र सरकारीमा जाने गर्दछन् भने धनी तथा नेताका बच्चाहरु नीजि विद्यालयमा पढन जाने गरेको छ । यस अवस्थामा जनता जागरुक हुनै पर्दछ । अहिले पनि संघीय सरकारले २०२८ सालको शिक्षा ऐनलाई टेकेर अघि बढेको कारण सामुदायिक शिक्षकहरुको दरबन्दी मिलान हुन सकेको छैन । समानुपातिक रुपमा शिक्षक मिलान विद्यालयहरुमा हुन सकेको छैन । यसको सम्पूर्ण दोष संघीय सरकारको रहेको बताउनुभयो । मन्त्री तिवारीले नीजि तथा सामुदायिक विद्यालयहरुको अनुगमन अनिवार्य हुन्छ बताउनुभयो । तर अहिले नीजि विद्यालयहरुको नयाँ दर्ता तथा अपग्रेड नभएको बुझिएकोले सो सम्बन्धीत विद्यालयले समयमै गर्न गराउन समेत आग्रह गर्नु भयो । साथै सम्बन्धीत पालिकाहरुले समेत सो कार्यमा सम्बन्धीत विद्यालयलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रम सो विद्यालयको प्राचार्य अमरेन्द्र कुमार झाको अध्यक्षतामा संचालन भएको थियो भने विशिष्ट अतिथिको रुपमा मधेस प्याब्सनको सल्लाहकार भोला मिश्र,केन्द्रीय सचिव पवन कुमार साह,के.कोषाध्यक्ष अविनाश प्रसाद सिंह,प्रदेश संयोजक मुरारी लाल कर्ण,जिल्ला अध्यक्ष सुजित मिश्र,अभिभावक,गुरुवर्ग,विद्यार्थीहरु,पत्रकार,नागरिक समाज,सुरक्षाकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..