अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता २०८१ :आजको खेलमा हिमाली स्कुल र एर्रे इन्टरनेशनल स्कूल विजयी

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम/फागुन १८ गते

 जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हिमाली स्कुल र एरे इन्टरनेशनल स्कुल विजय भएका छन ।

 

आजको पहिलो खेल मिट स्कुल र हिमाली स्कुल बीच भएको थियो जसमा मिट स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । ब्याटिङ गर्दै मिट स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ८६ रन बनाएको थियो। हिमाली स्कुललाई जितको लागि ८७ रनको लक्ष्य दिएको थियो । हिमाली स्कुलको टिमका लागि वेक महतोले १३ रन र सारंग ठाकुरले १२ रनको योगदान दिएको थियो । हिमालीका लागि बलिङ्ग गर्दै मो. हसनले २ विकेट लिन सफल भए भने अमित रोयले २ विकेट लिन सफल भएका थिए ।

 

खेलमा जवाफी ब्याटिङका लागि आएका हिमाली स्कुल खेलाडीहरु ६ विकेटको क्षतिमा ८९ रन बनाएर बिजयी भएका छन् । हिमालीका लागि सनराज साहले २२ र अमित रोयले १८ रनको योगदान दिएको थियो । मिट स्कुलको लागि बलिङ गरेका सारंग ठाकुरले ३ र आयुस सिंहले २ विकेट लिन सफल भएका थिए । । यस खेलको म्यान अफ दि म्याच हिमालीका अमित रोयलाई प्रदान गरिएको थियो ।

 

त्यस्तै आजको दोस्रो खेल एर्रे इन्टरनेशनल स्कूलले र अन्नपूर्ण स्कूल बीच भएको थियो। जसमा अन्नपूर्ण स्कूलले टस जितेर पहिले एर्रे इन्टरनेशनल स्कूल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । एर्रे इन्टरनेशनल स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै १७२ रनको योगफल तयार पारेको थियो ।अन्नपूर्ण स्कूललाई जितको लागि १७३ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि युवराज साहले ३५ बलमा ५५ रनको योगदान गरे भने कृष्णा मण्डलले १५ बलमा ३० रनको योगदान दिएका थिए। अन्नपूर्णका लागि उमाशंकर साहले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । जवाफ ब्याटिङका लागि आएका अन्नपूर्ण स्कुलले १३.४ ओभरमा सवै विकेट गुमाउँदै मात्र ६९ रन मात्र बनाउन सकेका थिए । अन्नपूर्णका लागि आनन्द साहले २५ रन र अमनले १८ रनको योगदान दिएका थिए । एर्रेका लागि धीरेन्द्र यादवले ४ ओभरमा ३२ रन खर्चदै ४ विकेट लिन सफल भए भने निलेशले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच एर्रेका युवराज साहलाई प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल न्यू भिजन स्कुल र गोगल प्रसाद विद्यालय बीच र दोस्रो खेल मदर टरेसा पव्लिक स्कुल र सिटी मोन्टेसरी विच हुनेछ । विद्यार्थीहरुको सर्वांगीण विकासका लागि खेलकुदमा विशेष ध्यान दिनुपर्ने भन्दै स्थानिय युवा अम्भू प्रसाद साह बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..