चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ आजको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय

2 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम/फागुन १९ गते

जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय भएका छन ।

 

आजको पहिलो खेल मदर टरेसा पब्लिक स्कुल र सिटी मोन्टेशरी स्कुल बीच भएको थियो जसमा मदर टरेसा पब्लिक स्कुलले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा २१३ रनको विशाल स्कोर बनाएको थियो। सिटी मोन्टेशरी स्कुललाई जितको लागि २१३ रनको विशाल लक्ष्य दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको टिमका लागि आदर्श यादवले ५९ बलमा सर्वाधिक १०५ रन र युवराज साहले २७ बलमा ४२ रनको योगदान दिएको थियो । सिटी मोन्टेशरी स्कुल लागि बलिङ्ग गर्दै सुरज यादवले १ विकेट र शुलभ बरालले १ विकेट लिन सफल भएका थिए ।

 

खेलमा जवाफी ब्याटिङका लागि आएका सिटी मोन्टेशरी स्कुल स्कुल खेलाडीहरु सबै विकेट गुमाउदै १६ रन मात्र बनाउन सक्यो र खेल सिटी मोन्टेशरी स्कुलले १९७ रनको विशाल अन्तरले जित्यो । सिटी मोन्टेशरी स्कुलका लागि सक्क्षम साहले सर्वाधिक ९ रनको योगदान दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको लागि बलिङ गरेको रिशन झाले ११ रन खचेर ६ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मदर टरेसा पब्लिक स्कुलको आदर्श यादवलाई प्रदान गरिएको थियो ।

 

त्यस्तै आजको दोस्रो खेल न्यु भिजन स्कुल र गोगल प्रसाद स्कुल बीच भएको थियो। जसमा गोगल प्रसाद स्कूलले टस जितेर पहिले न्यु भिजन स्कूल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । न्यु भिजन स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै ८८ रनको योगफल तयार पारेको थियो । गोगल प्रसाद स्कूललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि नविरुलले १४ रनको योगदान दिएको थिए। न्यु भिजन लागि संजित महतोले ३ विकेट र सुजित महतोले २ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद स्कुलले सवै विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सकेकोले यो खेलमा न्यु भिजन स्कुलले ७ रनको रोमाञ्चक जित हात पारेको छ । गोगल प्रसाद स्कुलका लागि विवेक मिश्राले ४१ रनको योगदान दिएको थिए । न्यु भिजन स्कुलका लागि विवेक मिश्राले ३ विकेट र नविरुलले १ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच न्यु भिजन स्कुलको नविरुललाई प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल राजर्षी स्कुल र संकट मोचन बीच र दोस्रो खेल सिद्धार्थ स्कुल र किड्डी स्कुल विच हुने आयोजकले जानकारी गराएका छन।

फोटो _ अम्भु प्रसाद साह 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..