चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ आजको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम/फागुन १९ गते

जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय भएका छन ।

 

आजको पहिलो खेल मदर टरेसा पब्लिक स्कुल र सिटी मोन्टेशरी स्कुल बीच भएको थियो जसमा मदर टरेसा पब्लिक स्कुलले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा २१३ रनको विशाल स्कोर बनाएको थियो। सिटी मोन्टेशरी स्कुललाई जितको लागि २१३ रनको विशाल लक्ष्य दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको टिमका लागि आदर्श यादवले ५९ बलमा सर्वाधिक १०५ रन र युवराज साहले २७ बलमा ४२ रनको योगदान दिएको थियो । सिटी मोन्टेशरी स्कुल लागि बलिङ्ग गर्दै सुरज यादवले १ विकेट र शुलभ बरालले १ विकेट लिन सफल भएका थिए ।

 

खेलमा जवाफी ब्याटिङका लागि आएका सिटी मोन्टेशरी स्कुल स्कुल खेलाडीहरु सबै विकेट गुमाउदै १६ रन मात्र बनाउन सक्यो र खेल सिटी मोन्टेशरी स्कुलले १९७ रनको विशाल अन्तरले जित्यो । सिटी मोन्टेशरी स्कुलका लागि सक्क्षम साहले सर्वाधिक ९ रनको योगदान दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको लागि बलिङ गरेको रिशन झाले ११ रन खचेर ६ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मदर टरेसा पब्लिक स्कुलको आदर्श यादवलाई प्रदान गरिएको थियो ।

 

त्यस्तै आजको दोस्रो खेल न्यु भिजन स्कुल र गोगल प्रसाद स्कुल बीच भएको थियो। जसमा गोगल प्रसाद स्कूलले टस जितेर पहिले न्यु भिजन स्कूल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । न्यु भिजन स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै ८८ रनको योगफल तयार पारेको थियो । गोगल प्रसाद स्कूललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि नविरुलले १४ रनको योगदान दिएको थिए। न्यु भिजन लागि संजित महतोले ३ विकेट र सुजित महतोले २ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद स्कुलले सवै विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सकेकोले यो खेलमा न्यु भिजन स्कुलले ७ रनको रोमाञ्चक जित हात पारेको छ । गोगल प्रसाद स्कुलका लागि विवेक मिश्राले ४१ रनको योगदान दिएको थिए । न्यु भिजन स्कुलका लागि विवेक मिश्राले ३ विकेट र नविरुलले १ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच न्यु भिजन स्कुलको नविरुललाई प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल राजर्षी स्कुल र संकट मोचन बीच र दोस्रो खेल सिद्धार्थ स्कुल र किड्डी स्कुल विच हुने आयोजकले जानकारी गराएका छन।

फोटो _ अम्भु प्रसाद साह 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..