महावीर झण्डा मेला सबैलामा सुरु

10 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

 जनकपुर धाम,फागुन २१ गते 

 लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ मेलाको शुभ अवसरमा सबैला न.पा.९ सप्त ऋषि बास स्थान कुशमाहा सतोषरधाममा आज बुधबार महावीर झण्डा मेला सुरु भएको छ ।

 

श्री श्री १०८ श्री सिताराम महराजी, श्री श्री १०८ श्री तान्त्रीक बाबा एंव सतोषर ग्राम बासीको आयोजना तथा लोकतान्त्रिक समाजवादी पार्टी नगर कमिटी सबैलाका नगर अध्यक्ष राम चन्द्र जयसवालको प्रमुख आतिथ्यतामा आज महावीर झण्डा मेलाको एक समारोहबीच उद्घाटन गरिएको छ। मेला उदघाटन गर्दै नगर अध्यक्ष राम चन्द्र जयसवालले हाम्रो हिन्दू धर्म आस्थाको कारण महावीरजी लाई पिँढी दर पिँढी पुजदै आएको र आपसी सदभाव , मानवता, प्रेम,गहिरो दार्शनिक तथा आध्यात्मिक महत्त्व बोकेको बताउँदै आउने दिनमा पनि सामाजिक कार्यमा सक्रिय भूमिकामा रहने बताएका थिए।

। झण्डा मेलाको लागि महावीरको भव्य झण्डाको साथ साथै दर्शनका लागि विभिन्न देवी देउताहरुको कलात्मक मूर्ति निर्माण गरिएको छ । फागुन २९ गते विहीवार सम्म अर्थात ९औं दिने मेला महोत्सवमा हेल्प मधेशी नेपालका संस्थापक अध्यक्ष राम उदगार यादब , जनमत पार्टी उप मेयर प्रत्यासी बबिता देवी यादब धनेश्वर मिश्र, राम भक्त जैसवाल, प्रदीप यादव, साधु, संत, महन्त, श्रद्धालु भक्तजन , नागरिक समाजको उलेख्य सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..