मधेश प्रदेशको सबै भन्दा ठूलो वाटर पार्कको भोलि भव्य उदघाटन हुने

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता/ राष्ट्रिय आवाज 

जनकपुर धाम, फाल्गुण २२ गते

पर्यटन प्रबद्र्धन गर्नुका साथै रोजगारीको अवसर सृजना गर्नु र यस क्षेत्रका जनताहरुलाई मनोरंजन प्रदान गर्न मुख्य उदेश्यले खुल्नलागेको मधेश प्रदेशको राजधानी एवं मिथिलाको पावन भूमी जनकपुरधाममा यस प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क संचालन हुन लागेको छ ।

 

विहिवार वाटर पार्कमै पत्रकार सम्मेलनको आयोजना गरी जानकी फन पार्क एण्ड रिसोर्टको प्रबन्धक निर्देशक गुड्डु जैनले यस वाटर पार्कको उद्घाटन नेपालको चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितीमा यही फागुन २३ गते बिहान ११ बजे हुन गइरहेको बताएका छन् ।

 

यस पार्कको क्षेत्रफल ३ लाख स्क्वायर फिट रहेको छ, जसमा मल्टीलेन स्लाइड टु लेन, वडी वेभ स्लाइड, हाइ स्पिड वडी स्लाइड , ओपेन वडी टर्निङ्ग स्लाइड, ओपेन फ्लोट स्लाइड। वेभ पुल, रेण डान्स, ५ प्लेटर्फम वाटर प्ले सिस्टम र यस्ता धेरै मनोरञ्जनका उपकरणको निर्माण सम्पन्न भइसकेको जैनले जानकारी दिएका छन् । साथै यहाँ आगन्तुकहरुका लागि पर्याप्त पार्किंगको व्यवस्था समेत रहेको बताएका छन् ।

 

यस वाटर पार्कमा दक्ष तथा अनुभवी कर्मचारीहरुको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म संचालनमा रहने जनकारी दिएका छन् । यस पार्कमा प्रवेश गर्ने ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क लाग्ने छैन भने, अन्यको हकमा प्रति व्यक्ति कर सहित रु. ९५० प्रवेश शुल्क निर्धारीत गरिएको छ । साथै पानीको स्वच्छता कायम गर्न पार्कमा हाल ४ वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको र आगन्तुकहरुका लागि कस्ट्युम तथा लकर उपलब्ध गराउने व्यवस्था पनि रहेको बताएका छन् ।

 

सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म यस पार्कको निर्माणमा १२ करोड ५० लाख खर्च भै सकेको जनाएका छन।भोलि उदघाटनको सुभ दिन २३ गते निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी आजको पत्रकार सम्मेलनमा गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    रेविता कुमारी  जनकपुरधाम, जेष्ठ २८ गते जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजन..

  मोनु गुप्ता  जनकपुरधाम, ज्येष्ठ २७ गते मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय तथा ACCESS परियोजनाको ..

  माेनु गुप्ता  जनकपुरधाम, जेष्ठ २६ गते    बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समुदायका बा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ २६ गते    मधेश आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनसँग सम्बन्धित स..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,जेष्ठ २४ गते    विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण निय..