चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता फाइनल भोलि हुने

9 महीना पहिले प्रकाशित

जनकपुरधाम/फागुन २६ गते। बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि मिति २०८१ फाल्गुन २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ। फाइनल खेल मोनास्टिक स्कुल र मदर टेरेशा स्कुलबीच बारहबिघा मैदानमा हुनेछ।

 

न्यु भिजन नेपाल तथा जनकपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो प्रतियोगिताको समापन कार्यक्रम पनि सोही दिन १२:३० बजे हुने तय भएको छ। समापन समारोहमा जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

 

ट्रफी वितरण तथा समापन समारोहमा जनप्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरू,संचारकर्मी तथा खेलप्रेमीहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..