चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता फाइनल भोलि हुने

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम/फागुन २६ गते। बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि मिति २०८१ फाल्गुन २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ। फाइनल खेल मोनास्टिक स्कुल र मदर टेरेशा स्कुलबीच बारहबिघा मैदानमा हुनेछ।

 

न्यु भिजन नेपाल तथा जनकपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो प्रतियोगिताको समापन कार्यक्रम पनि सोही दिन १२:३० बजे हुने तय भएको छ। समापन समारोहमा जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

 

ट्रफी वितरण तथा समापन समारोहमा जनप्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरू,संचारकर्मी तथा खेलप्रेमीहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..