घर जग्गा व्यवसायी संघ द्वारा होली मिलन समारोह

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुर धाम, फागुन २६ गते 

जनकपुरधाम घर जग्गा व्यवसायी संघद्वारा आज सोमबार आयोजित होली मिलन समारोह भव्यताका साथमा सम्पन । जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्ष रञ्जित पजियारको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै होलीलाई रङहरूको पर्व भनिन्छ, जसमा मानिसहरू एकअर्कालाई रङ र अबिर लगाएर खुसी मनाउँछन भन्दै मेयर साहले असत्यमाथि सत्यको विजयको प्रतिक भक्त प्रह्लाद र होलिकासँग सम्बन्धित छ, जसले असत्यमाथि सत्यको विजय दर्शाउँछ भन्दै होली पर्वको सकारात्मकता सन्दर्भमा प्रकाश पारेका थिए।

त्यस्तै युवा नेता अम्बु प्रसाद साहले सामाजिक एकता र मेलमिलापका प्रतीक होली जाति, धर्म, वर्ग तथा सामाजिक भेदभावलाई हटाई आपसी भाइचाराको भावना बढाउने पर्वको रुपमा चित्रण गरेका थिए।

होली कार्यक्रममा उपमहानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रामचन्द्र पजियार, उद्योग वाणिज्य संघ मधेश प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्षीय सल्लाहकार अम्भु प्रसाद साह, जनकपुर जेसिज वर्ष २०२५ का अध्यक्ष मुकेश कुमार साह , टुरिष्ट गाइड जनकपुर धामका प्रतिनिधि विक्रम साह लगायतका उल्लेख्य सहभागितामा सम्पन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..