धनुषामा हाेली पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडाइ

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज 

जनकपुरधाम, फागुन २७ गते 

 

धनुषामा हाेली पर्व लाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएका छन् । हाेली पर्वमा चर्को साउण्डमा डिजे बजाएर उच्छृङ्खल गतिविधि गर्नेहरुलाई कानुनी कारबाही हुने चेतावनी दिएका छन् । हाेलीकाे अवसर भन्दै जाँड् , रक्सी , प्रतिबन्धित लागूऔषध पदार्थ सेवन गरी हाे- हाेल्ला गर्ने , जबर्जस्ती रँग लगाउने , हुर्दँग मच्चाउने , मापसे गरी तीव्र गतिमा सवारी चलाउने , तीन - चार जना बसेर माेटरसाईकल चलाउनेलाई नियन्त्रणमा लिने र ब्यापक रुपमा प्रहरी परिचालन गरिएका छन् । राष्ट्रिय आवाज सँग कुराकानी गर्दै धनुषाका एसपी भुनेश्वर तिवारीले अश्लील गीत बजाउनेमाथि पहिलादेखि नै प्रतिबन्ध रहेपनि हाेली अवांच्छित गतिविधि गर्नेहरुकाे डिजे जफत हुने बताएका छन् । 

 

मादक पदार्थ सेवन गरी डिजेमा भद्दा गीत बजाउँदै अशाेभनीय क्रियाकलापकाे साथै अरुलाई जिस्काउने , दु:ख दिने जस्ता कार्यहरु हाेलीमा हुने गरेको व्यापाक गुनासाेपछि यसपाली हाेलीमा सुरक्षा व्यवस्था कडाइ गरिने भएको हाे । 

 

जनकपुरधाममा मिथिला मध्यमा परिक्रमा यात्री फर्कने गरिएको र शुक्रबार अन्तर गृह परिक्रमा गर्नेभएकाले फागुन २९ गते र चैत १ गते सूर्याेदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा माँसमदिरा बिक्रिवितरण तथा सेवन निषेधित गरिएको जनाएको छ । 

साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शान्ति वातावरण बनाइ हाेली पर्व लाई लिएर धनुषाका सम्पूर्ण सर्वसाधारणहरुलाई शुभकामना दिदै एसपी भुनेश्वर तिवारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..