चियाको चुस्कीमा सहयोगी हात

1 वर्ष पहिले प्रकाशित

जनकपुर धाम , फागुन २८

बिगत २५ बर्षदेखि जनकपुरधाम उप महानगरपालिका-७, शान्तिचोक स्थित जीवन सँगर्षहो आत्मसाथ गर्दै पुरानो बसपार्कको एक कुनामा निरन्तर उभिरहेका हुन्छन छन्, मिथलेश कुमार झा र उनको बुबा । कडा रङ्ग, हल्का चिनीको स्वाद …। यो क्षेत्रमा ब्यापार ब्यवसाय तथा आवतजावत गर्ने धेरै खाए, उनले बनाएको चिया । एकदम मिठो स्वादको चुस्कि बारम्बार ताँनु ताँनु लाग्ने… 

 

दिन, सबैको सदैब राम्रो हुन्छ भन्ने हुदैन । मिथलेशको बुबाको स्वास्थ्यमा जटिलता आउदा उनले चिया पसल चलाउन सकेनन् । उनको ठाउँमा उनको छोरा मिथलेश आए । “उही ब्राण्डेड” चियाको स्वाद लिएर । “ओइ मिथलेश, दो कप चाय…, चिनी कम है ।“ यो माँ जानकी यातायात प्रा.लि.को झ्यालबाट निस्किएको यो स्वर केहि सेकेण्डमा मिथलेशको कानमा गुन्जिन्छ । चिया पिउनेका भिडको पर्खाईलाई मथ्थर पार्दै उनले “दो कप चाय”को साथ अफिसको टेबलमा पुग्छन् । यसरी नै मिथलेशको दिनचर्याले परिवारलाई भरोसा दिएको छ ।

 

सधैजसो एकदिन । २ मंसिर २०८१ मिथलेश र उनको छोरीको लागि एक नमेटिने घटना भयो । तरकारीको लागी तताएको तातो तेलले दुर्भाग्यबश छोरी मान्सीको हातमा पोल्यो । उनले प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए । उपचार महंगो र खर्चिलो भएको कारण चियाको चुस्कीमा सँगालेको पैसाले थेग्न सकेन । छोरीको पीडा सहन नसकि हारगुहार गरे । फलस्वरुप बिभिएस नेपालले उनको छोरीको उपचार खर्चको ब्यवस्थापन गर्यो । मिथलेश र उनको परिवारलाई मनोसामाजिक परामर्श प्रदान गरि मानसिक रुपमा बलियो बनाई नियमित दैनिकीमा फर्किन सजिलो बनायो । 

 

जनकपुरधाम उपमहानगरपालिका, वडा नम्बर ७ का वडा सदस्य श्री परशुराम झाले भन्दै हुनुहुन्थ्यो, “ चियाको ब्यवसाय बिस्तारको लागि बिभिएस नेपालले गरेको यो समाग्री सहयोगले मिथलेशलाई धेरै सहयोग हुनेछ । उ आफैले रोजेर सहयोग सामाग्री ल्याएकोले उसले आफुलाई चाहिएको र अपरिहार्य सामाग्रीहरु लिएको छ । यो प्रशंसनीय सहयोगको लागि आभार ब्यक्त गर्दछु ।“ 

 

आज एक कार्यक्रम बिच बिभिएस नेपालले मिथलेशको चिया पसल बिस्तारको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु प्रदान गरेको छ । मिथलेश दंग हुदै भने, “यो सहयोग मेरो लागि कल्पना भन्दा बाहिरको छ । समान स्तरिय र मैले रोजेका छन् । मैले अझ राम्रो गर्दै छोरीको उपचार तथा अन्य खर्चको जोहो गर्नेछु । अव केहि रकम बैंकमा जम्मा पनि गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..