जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुल द्वारा दुई दिने शैक्षिक मेलाको आयोजना

8 महीना पहिले प्रकाशित

 

धिरेश दत्त / राष्ट्रिय आवाज 

जनकपुरधाम , फागुन २८ गते 

जनकपुरधामको सबभन्दा पूरानो र प्रतिष्ठित बिद्यालय जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुलले दुई दिने होली महोत्सबको अवस पारेर शैक्षिक मेलाको आयोजना गरेको छ।

शैक्षिक मेला फाल्गुन २७ गते (मंगलबार) देखि सुरु भएको छ । मेलामा छात्र-छात्राहरुद्वारा निर्मित बिज्ञान प्रबिधिहरुको नवीनतम प्रयोग, कला सँस्कृतीहरु सँग जोडिएको सामग्रीहरु प्रस्तुत गरिएको थियो भने आज २८ गते (बुधबार) छात्र-छात्राहरुद्वारा रंगोली कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले उत्साहजनकरुपमा सहभागिता लिएका थिए भने अभिभावक,राजनितिकर्मी तथा संचारकर्मीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

यसै सन्दर्भमा जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सीपल प्रमोद अग्रवालले “यस बिद्यालयमा हाम्रा बिद्यार्थीहरुले हरेक पर्वमा आ-आफ्नो कला सँस्कृतीहरुको उजागर,संरक्षण सम्बद्धन गर्ने उदेश्यले आ- आफ्नो प्रस्तुतीहरु गर्दै आईरहेको” बताउनुभयो । 

पढाई लेखाई सँगै अतिरिक्त कृयाकलापहरुले गर्दा बिद्यार्थीहरुको मनोबल उच्च हुनुको साथै बुद्धि बृद्धि भई क्षमता बिकासमा सहयोग हुने भएकाले हामीले तिनीहरुलाई आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्दै आई रहेको बताए ।

त्यस्तै सह-प्रधानाध्यापक नरेश प्रसाईंले हाम्रो बिद्यालयका छात्र-छात्राहरुले हरेक चिजमा नम्बर वाँन बन्दै गईरहेको प्रति खुशी ब्यक्त गरे । पढाईलेखाई बाहेक अतिरिक्त कृयाकलापहरुमा भाग लिदैं बिभिन्न पुरस्कारहरु हातपार्न सफल भएको यस बिद्यालयका छात्र-छात्राहरु प्रति खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..