जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुल द्वारा दुई दिने शैक्षिक मेलाको आयोजना

1 वर्ष पहिले प्रकाशित

 

धिरेश दत्त / राष्ट्रिय आवाज 

जनकपुरधाम , फागुन २८ गते 

जनकपुरधामको सबभन्दा पूरानो र प्रतिष्ठित बिद्यालय जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुलले दुई दिने होली महोत्सबको अवस पारेर शैक्षिक मेलाको आयोजना गरेको छ।

शैक्षिक मेला फाल्गुन २७ गते (मंगलबार) देखि सुरु भएको छ । मेलामा छात्र-छात्राहरुद्वारा निर्मित बिज्ञान प्रबिधिहरुको नवीनतम प्रयोग, कला सँस्कृतीहरु सँग जोडिएको सामग्रीहरु प्रस्तुत गरिएको थियो भने आज २८ गते (बुधबार) छात्र-छात्राहरुद्वारा रंगोली कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले उत्साहजनकरुपमा सहभागिता लिएका थिए भने अभिभावक,राजनितिकर्मी तथा संचारकर्मीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

यसै सन्दर्भमा जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सीपल प्रमोद अग्रवालले “यस बिद्यालयमा हाम्रा बिद्यार्थीहरुले हरेक पर्वमा आ-आफ्नो कला सँस्कृतीहरुको उजागर,संरक्षण सम्बद्धन गर्ने उदेश्यले आ- आफ्नो प्रस्तुतीहरु गर्दै आईरहेको” बताउनुभयो । 

पढाई लेखाई सँगै अतिरिक्त कृयाकलापहरुले गर्दा बिद्यार्थीहरुको मनोबल उच्च हुनुको साथै बुद्धि बृद्धि भई क्षमता बिकासमा सहयोग हुने भएकाले हामीले तिनीहरुलाई आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्दै आई रहेको बताए ।

त्यस्तै सह-प्रधानाध्यापक नरेश प्रसाईंले हाम्रो बिद्यालयका छात्र-छात्राहरुले हरेक चिजमा नम्बर वाँन बन्दै गईरहेको प्रति खुशी ब्यक्त गरे । पढाईलेखाई बाहेक अतिरिक्त कृयाकलापहरुमा भाग लिदैं बिभिन्न पुरस्कारहरु हातपार्न सफल भएको यस बिद्यालयका छात्र-छात्राहरु प्रति खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..