चुरे संरक्षण अभियानीहरुको नयाँ कार्यसमिति चयन पूनः अभियन्ता यादब

7 महीना पहिले प्रकाशित

जनकपुरधाम ,चैत्र १० गते 

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालमा चुरे क्षेत्रको पर्यावरणीय संरक्षण, वनजंगलको दिगो व्यवस्थापन, तथा प्राकृतिक स्रोतहरूको संरक्षणका लागि चलाइएको अभियान हो। चुरे पर्वत श्रृंखला नेपालका विभिन्न प्रदेशमा फैलिएको छ, जसले तराईको भूमिगत जलाधार, जैव विविधता र माटो संरक्षणमा दशकौ महत्वपूर्ण भूमिका खेल्ने परिचित संस्था चुरे तथा वनजंगल संरक्षण अभियानले नयाँ कार्यसमिति चयन गर्दै पुनः अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादव लाई चयन गर्दै अभियानको राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।

अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ । सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ ।

त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवन अगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।

यता राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिल कुमार यादवलाई सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा सुकृति आर्चाय र राजेश भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा बासुदेव डल्लाकोटी चयन भएका छन् । सचिव पछि चयन गरिने जनाइएको छ । कोषाध्यक्षमा नन्दकिशोर राम सहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।त्यस्तै, अभियानको प्रवक्तामा पत्रकार प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..