उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले मुख्यमन्त्री सिँह द्वारा होटल अनुगमन

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, १० चैत । 

मुख्यमन्त्री सतिश कुमार सिँहले जनकपुरधाम स्थित होटल अनुगमन गरेका छन् । यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिँहले आज आईतबार होटल अनुगमन सुरु गरेका हुन् । 

प्रदेशको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिँहले जनकपुरधाम स्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिँहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।     

अनुगमनकाक्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्साकोठा लाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्विट बाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएका छन् ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेका चार होटलसहित आइतबार जनकपुरधाममा दस होटलको अनुगमन गरिएको जानकारी दिए । उनले अनुगमनमा रघुपति मिष्ठान भण्डारको अवस्था भने सन्तोषजनक रहेको पाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३ गते मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मं..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ३ गते    शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर..

  रेविता कुमारी  शहीदनगर ,असार ३ गते    शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यल..