जिम्मेवार नागरिक बनौं, न्यूनतम आचारसंहिताको पालना गरौं : मन्त्री लेखी

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता/ राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत ११– मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सबै नागरिक जिम्मेवार बन्नुपर्ने भन्दै न्यूनतम आचारसंहिताको पालना गर्न आवश्यक रहेको बताएका छन्। उनले सञ्चारकर्मीहरू लाई सामाजिक बेथिति तथा भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउन आग्रह गरे।

 

सोमबार जनकपुरधाममा आयोजित 'पत्रकार आचारसंहिता पालनासम्बन्धी गोष्ठी' मा मन्त्री लेखीले नागरिक समाज, राजनीतिक कर्मी तथा सञ्चारकर्मीहरू सबैले न्यूनतम आचारसंहिता अपनाउनुपर्नेमा जोड दिए।

 

कार्यक्रम मधेश प्रदेश मिडिया काउन्सिलको आयोजनामा तथा पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूले पत्रकारिता सम्बन्धी आ–आफ्ना विचार राखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..