जनकपुरधाममा अवैध रूपमा सञ्चालन भइरहेको अस्पताल पुनः बन्द, दुई व्यवस्थापक पक्राउ

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, १८ चैत ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बन्द गर्ने निर्देशन अटेर गर्दै गोप्य रूपमा सञ्चालनमा रहेको जनकपुरधाम स्थित जनकपुर सीता अस्पताल प्रालिलाई सोमबार पुनः बन्द गराइएको छ।

 

मुख्यमन्त्री सतिशकुमार सिँह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडमिक भवन शिलान्यास गरी सरकारी निवास फर्कने क्रममा अस्पताल वरपर शङ्कास्पद गतिविधि देखेपछि आकस्मिक अनुगमन गरेका थिए। अनुगमनका क्रममा अस्पतालको बाहिरी गेटमा ‘सेवा बन्द’ रहेको सूचना टाँस गरिएको भए पनि भित्र पाँच जना बिरामीलाई भर्ना गरी उपचार भइरहेको पाइएको थियो।

 

सरकारी निर्देशनको अवहेलना गर्दै जबरजस्ती अस्पताल सञ्चालन गरिरहेको पाइएपछि प्रहरीले अस्पतालका व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई नियन्त्रणमा लिएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।

 

यसअघि गत माघ २६ गते मुख्यमन्त्री सिँहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पनि सो अस्पताल अवैध रूपमा सञ्चालन भइरहेको भेटिएको थियो। अस्पतालले न्यूनतम मापदण्ड पुरा नगरेको र आवश्यक अनुमति समेत नलिएको भन्दै त्यसबेला नै अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो।

 

तर, निर्देशनको अवहेलना गर्दै पुनः अवैध रूपमा सेवा सञ्चालन गरेपछि सरकारले थप कडा कदम चालेको हो। यस घटनाले स्वास्थ्य क्षेत्रमा नियमनको प्रभावकारी कार्यान्वयन र कानुनी कठोरताको आवश्यकतालाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३ गते मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मं..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ३ गते    शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर..

  रेविता कुमारी  शहीदनगर ,असार ३ गते    शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यल..