पशु पालन व्यवसाय लाई आधुनिकीकरण गरी हाल भै रहेको जिविको पार्जन मुखी पशुपालन व्यवसायलाई व्यवसायी करण गर्नु पर्नेमा जोड _ डा. ठाकुर

1 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता/राष्ट्रिय अवाज 

जनकपुर धाम ,चैत्र २५ गते 

पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्दै जीविकोपार्जनमुखी प्रणालीबाट व्यवसायिकरणतर्फ अग्रसर गराउनुपर्ने आवश्यकतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जनकपुरधाम, धनुषाका प्रमुख डा. संजीव कुमार ठाकुर, वरिष्ठ पशु चिकित्सकले जोड दिएका छन्।

 परम्परागत रूपमा सञ्चालन भइरहेको पशुपालन प्रणालीलाई वैज्ञानिक र प्रविधि-मैत्री ढाँचामा रूपान्तरण गर्न आवश्यक छ। यसका लागि उन्नत जातका पशु पालन, उचित पोषण, आधुनिक उपचार पद्धति तथा गुणस्तरीय बजार व्यवस्थापन जस्ता पक्षमा ध्यान दिनुपर्ने कुरा राष्ट्रिय अवाज संगको अन्तरबार्तामा बताएका हुन ।

 

व्यवसायिक पशुपालनमार्फत कृषकहरूको आर्थिक अवस्था सुदृढ गर्न सकिने, दुग्ध तथा मासु उत्पादन वृद्धि गर्न सकिने र पशुपालन क्षेत्रलाई दिगो बनाउन सकिने उनको भनाइ छ। भारत संग खुला बोर्डरका कारण भारतबाट पशुजन्य उत्पादन दुध, मुर्गा, माछा, मासु, अण्डा लगायतका सामाग्रीहरु नेपालमा तस्करीका कारण नेपाली किसानहरु मारमा पर्ने गरेका कारण नेपाल सरकारको विशेष ध्यानाकर्षणको आवश्यकता रहेको डाक्टर ठाकुरको भनाई रहेका छन ।साथै, सरकारले कृषिमा विशेष अनुदान, तालिम र आधुनिक प्रविधि उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउनुपर्ने उनले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..