पशु पालन व्यवसाय लाई आधुनिकीकरण गरी हाल भै रहेको जिविको पार्जन मुखी पशुपालन व्यवसायलाई व्यवसायी करण गर्नु पर्नेमा जोड _ डा. ठाकुर

7 महीना पहिले प्रकाशित

 

माेनु गुप्ता/राष्ट्रिय अवाज 

जनकपुर धाम ,चैत्र २५ गते 

पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्दै जीविकोपार्जनमुखी प्रणालीबाट व्यवसायिकरणतर्फ अग्रसर गराउनुपर्ने आवश्यकतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जनकपुरधाम, धनुषाका प्रमुख डा. संजीव कुमार ठाकुर, वरिष्ठ पशु चिकित्सकले जोड दिएका छन्।

 परम्परागत रूपमा सञ्चालन भइरहेको पशुपालन प्रणालीलाई वैज्ञानिक र प्रविधि-मैत्री ढाँचामा रूपान्तरण गर्न आवश्यक छ। यसका लागि उन्नत जातका पशु पालन, उचित पोषण, आधुनिक उपचार पद्धति तथा गुणस्तरीय बजार व्यवस्थापन जस्ता पक्षमा ध्यान दिनुपर्ने कुरा राष्ट्रिय अवाज संगको अन्तरबार्तामा बताएका हुन ।

 

व्यवसायिक पशुपालनमार्फत कृषकहरूको आर्थिक अवस्था सुदृढ गर्न सकिने, दुग्ध तथा मासु उत्पादन वृद्धि गर्न सकिने र पशुपालन क्षेत्रलाई दिगो बनाउन सकिने उनको भनाइ छ। भारत संग खुला बोर्डरका कारण भारतबाट पशुजन्य उत्पादन दुध, मुर्गा, माछा, मासु, अण्डा लगायतका सामाग्रीहरु नेपालमा तस्करीका कारण नेपाली किसानहरु मारमा पर्ने गरेका कारण नेपाल सरकारको विशेष ध्यानाकर्षणको आवश्यकता रहेको डाक्टर ठाकुरको भनाई रहेका छन ।साथै, सरकारले कृषिमा विशेष अनुदान, तालिम र आधुनिक प्रविधि उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउनुपर्ने उनले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..