स्वास्थ्य सेवा ऐन २०८१ विरुद्ध मधेश प्रदेशभर स्वास्थ्यकर्मीको अनिश्चितकालीन धर्ना

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २६ — मधेश प्रदेश सरकारले ल्याएको स्वास्थ्य सेवा ऐन २०८१ विरुद्ध प्रदेशभरका करिब १५ सय भन्दा बढी स्वास्थ्यकर्मीहरूले अनिश्चितकालीन धर्ना जारी राखेका छन्। आज जनकपुर धाममा प्रधान मन्त्री केपी ओलीको आगमका कारण सडक भन्दा बाहिर जनकपुरधामको बाह्रबिघा मैदानमा आज मङ्गलबार दोस्रो दिन स्वास्थ्यकर्मीहरू धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीहरु गीतको शैलीमा पानी सरकार लाई माग सम्बोधनका लागि अनुरोध गरेका थिए।

 

स्वास्थ्यकर्मीहरूले सो ऐनका प्रावधानहरूले आफूहरूको वृत्ति विकास र पदोन्नति अवसरमा गम्भीर असर पार्ने भन्दै ऐनको संशोधनको माग गर्दै आएका छन्। उनीहरूले सोमबारदेखि आन्दोलन सुरु गरेका हुन्।

 

संघर्षको नेतृत्व सिनियर अहेव तथा सिनियर अनमी चौथो/पाँचौं तह संघर्ष समिति ले गरिरहेको छ। प्रदेश संयोजक मोहन साहका अनुसार मधेश प्रदेशका करिब १५ सय देखि १८ सय स्वास्थ्यकर्मीहरू यस ऐनबाट प्रत्यक्ष प्रभावित भएका बताउँछन्।

 

“हामीले पटक–पटक ऐन संशोधनको माग राख्यौं, तर प्रदेश सरकारले बेवास्ता गर्दै आएको छ। अहिले हामी चर्को घाममा धर्ना बस्न बाध्य भएका छौं,” साहले भने।

 

संघर्ष समितिका कोषाध्यक्ष रामदेव कापरले पनि ऐनको विरोध गर्दै पुरानो संघीय ऐन अनुसार हुने पदोन्नति प्रणालीलाई नष्ट गरेर नयाँ ऐनले कर्मचारीहरूलाई पछाडि पार्ने काम गरेको आरोप लगाए।

 

उनका अनुसार २०५३ को संघीय ऐनअनुसार ४ तहमा नियुक्त कर्मचारीले ५ वर्षमा पाँचौं तह, त्यसपछि ८ वर्षमा छैठौं तह र पाँचौं तहबाट नियुक्त कर्मचारीले सातौं तहसम्म पदोन्नति पाउने व्यवस्था थियो। तर, नयाँ ऐनले ती सबै सम्भावनाहरू हटाइदिएको छ।

 

स्वास्थ्यकर्मीहरूले स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएकाले अन्ततः आन्दोलनमा उत्रनु परेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..