स्वास्थ्य सेवा ऐन २०८१ विरुद्ध मधेश प्रदेशभर स्वास्थ्यकर्मीको अनिश्चितकालीन धर्ना

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २६ — मधेश प्रदेश सरकारले ल्याएको स्वास्थ्य सेवा ऐन २०८१ विरुद्ध प्रदेशभरका करिब १५ सय भन्दा बढी स्वास्थ्यकर्मीहरूले अनिश्चितकालीन धर्ना जारी राखेका छन्। आज जनकपुर धाममा प्रधान मन्त्री केपी ओलीको आगमका कारण सडक भन्दा बाहिर जनकपुरधामको बाह्रबिघा मैदानमा आज मङ्गलबार दोस्रो दिन स्वास्थ्यकर्मीहरू धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीहरु गीतको शैलीमा पानी सरकार लाई माग सम्बोधनका लागि अनुरोध गरेका थिए।

 

स्वास्थ्यकर्मीहरूले सो ऐनका प्रावधानहरूले आफूहरूको वृत्ति विकास र पदोन्नति अवसरमा गम्भीर असर पार्ने भन्दै ऐनको संशोधनको माग गर्दै आएका छन्। उनीहरूले सोमबारदेखि आन्दोलन सुरु गरेका हुन्।

 

संघर्षको नेतृत्व सिनियर अहेव तथा सिनियर अनमी चौथो/पाँचौं तह संघर्ष समिति ले गरिरहेको छ। प्रदेश संयोजक मोहन साहका अनुसार मधेश प्रदेशका करिब १५ सय देखि १८ सय स्वास्थ्यकर्मीहरू यस ऐनबाट प्रत्यक्ष प्रभावित भएका बताउँछन्।

 

“हामीले पटक–पटक ऐन संशोधनको माग राख्यौं, तर प्रदेश सरकारले बेवास्ता गर्दै आएको छ। अहिले हामी चर्को घाममा धर्ना बस्न बाध्य भएका छौं,” साहले भने।

 

संघर्ष समितिका कोषाध्यक्ष रामदेव कापरले पनि ऐनको विरोध गर्दै पुरानो संघीय ऐन अनुसार हुने पदोन्नति प्रणालीलाई नष्ट गरेर नयाँ ऐनले कर्मचारीहरूलाई पछाडि पार्ने काम गरेको आरोप लगाए।

 

उनका अनुसार २०५३ को संघीय ऐनअनुसार ४ तहमा नियुक्त कर्मचारीले ५ वर्षमा पाँचौं तह, त्यसपछि ८ वर्षमा छैठौं तह र पाँचौं तहबाट नियुक्त कर्मचारीले सातौं तहसम्म पदोन्नति पाउने व्यवस्था थियो। तर, नयाँ ऐनले ती सबै सम्भावनाहरू हटाइदिएको छ।

 

स्वास्थ्यकर्मीहरूले स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएकाले अन्ततः आन्दोलनमा उत्रनु परेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..