रास्वपाको ‘भण्डाफोर अभियान’ घोषणा

7 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशबाट ‘भ्रष्टाचार, बेथिति र कुरीति’ विरुद्ध भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ। पार्टीले अभियानलाई आन्दोलनको स्वरूप दिँदै क्रमशः देशभर विस्तार गर्ने जनाएको छ।

 

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले अभियानको सुरुवात मधेशका प्रत्येक पालिकाबाट गरिने बताए। उनका अनुसार हालको प्रदेश र संघीय सरकारमा भ्रष्टाचार र कुशासन व्यापक रहेकोले त्यसको विरोधमा अभियान सञ्चालन गर्न लागिएको हो।

 

“युवा जागरण अभियानपछि अब व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गरेका छौं,” उनले भने, “मधेशका मन्त्रीहरूले योजना बेच्ने जस्ता कार्य गरिरहेका छन्, जसले जनताको अधिकारमाथि हस्तक्षेप गरेको छ।”

 

उनले कमिशनतन्त्रको अन्त्य, पारदर्शिता र सुशासनको माग गर्दै अभियानमा व्यापक जनसहभागिता सुनिश्चित गरिने जानकारी दिए।

 

धनुषा जिल्ला सभापति लक्षमेश्वर यादवले पार्टी अध्यक्ष रवि लामिछानेमाथि गरिएको धडपकडलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसको विरोध गरे।

 

कार्यक्रममा नगर सभापति ललन कुमार नायक, संगठन विभाग प्रमुख राम बाबु रायलगायतले सामाजिक विकृति, भ्रस्टाचार र कुशासन विरुद्ध सशक्त रुपमा उभिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..