जनकपुरधाम–१ मा लव अधिकारीको पहलमा ७० वटा विद्युतीय बल्ब जडान

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत्र २७ गते– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा लामो समयदेखि केही ठाउँमा देखिएको अन्धकारको समस्यालाई समाधान गर्दै राष्ट्रिय युवा संघ, मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले आफ्नै व्यक्तिगत लगानीमा ७० वटा विद्युतीय बल्ब जडान गराएका छन्।

 

स्थानीय बासिन्दाहरूले वर्षौँदेखि रातको समयमा सडकमा उज्यालो नहुँदा हिँडडुल गर्न कठिनाइ भोग्दै आएका थिए। वडाध्यक्ष तथा सम्बन्धित निकायहरूबाट पटक–पटक आग्रह गर्दा पनि समाधान नआएपछि अध्यक्ष अधिकारीले स्वेच्छिक रूपमा यो पहल गरेका हुन्।

 

स्थानीय बासिन्दाहरू यस कार्यप्रति खुसी देखिएका छन्। विशेषगरी महिलाहरू र वृद्धवृद्धाहरूले रातको समयमा सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण भएको बताइएको छ।

 

स्थानीयवासी सम्भु मेहता भन्छन्, "वडाध्यक्षबाट आश गरेका थियौं, तर लव अधिकारीले जुन काम गर्नु भयो, त्यो साँच्चै प्रशंसनीय छ।"

 

यस किसिमको व्यक्तिगत पहलले जनतामा सकारात्मक सन्देश मात्र फैलाएको छैन, स्थानीय तह प्रति उत्तरदायित्व र जवाफदेहिताको आवश्यकता पनि उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..