चूरे संरक्षणको माग गर्दै प्रदर्शन, 'चूरे बचाऊ अभियान'मा सर्वसाधारणको साथ

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

काठमाडौं, २०८१ चैत्र २७— चूरे क्षेत्रको विनाश विरुद्ध चर्कंदो आवाज उठाउँदै ‘चूरे तथा वनजंगल संरक्षण अभियान नेपाल’ले काठमाडौंको व्यस्त सडकमा विरोध प्रदर्शन गरेको छ। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अभियन्ता, स्थानीय बासिन्दा तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको नेतृत्व चूरे अभियन्ता तथा अभियानका राष्ट्रिय अध्यक्ष सुनिल यादवले गरेका थिए। कार्यक्रममा सदस्य विनोद अधिकारी, वाग्मती प्रदेश संयोजक निरा तिमलसिना, काठमाडौं जिल्ला संयोजक लक्ष्मी बस्नेत, सिन्धुपालचोक जिल्ला संयोजक कविता गुरुङ, सह-संयोजक राधिका लगायत दर्जनौँ सहभागी थिए।

 

प्रदर्शनमा सहभागीहरूले चूरे दोहन, अवैध बालुवाघट्टा उत्खनन, नदी-नालाहरूको विनाश तथा जलवायु संकटबारे चेतावनी दिने प्लेकार्ड र ब्यानर बोकेका थिए। उनीहरूले सरकारसँग तत्काल चूरे क्षेत्रको संरक्षणमा कठोर नीति लागू गर्न, वन विनाश रोक्न तथा दीर्घकालीन योजना बनाउन माग गरे।

 

"चूरे क्षेत्र देशको जलस्रोतको मुहान हो। यसको विनाश सिङ्गो तराई-मधेस र देशको वातावरणीय सन्तुलनलाई जोखिममा पार्न सक्छ," संयोजक यादवले बताए।

 

कार्यक्रमले चूरे क्षेत्रको संरक्षण प्रति जनचेतना बढाउने र सरकारलाई दवाब दिन थप अभियान सञ्चालन गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..