चूरे संरक्षणको माग गर्दै प्रदर्शन, 'चूरे बचाऊ अभियान'मा सर्वसाधारणको साथ

5 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

काठमाडौं, २०८१ चैत्र २७— चूरे क्षेत्रको विनाश विरुद्ध चर्कंदो आवाज उठाउँदै ‘चूरे तथा वनजंगल संरक्षण अभियान नेपाल’ले काठमाडौंको व्यस्त सडकमा विरोध प्रदर्शन गरेको छ। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अभियन्ता, स्थानीय बासिन्दा तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको नेतृत्व चूरे अभियन्ता तथा अभियानका राष्ट्रिय अध्यक्ष सुनिल यादवले गरेका थिए। कार्यक्रममा सदस्य विनोद अधिकारी, वाग्मती प्रदेश संयोजक निरा तिमलसिना, काठमाडौं जिल्ला संयोजक लक्ष्मी बस्नेत, सिन्धुपालचोक जिल्ला संयोजक कविता गुरुङ, सह-संयोजक राधिका लगायत दर्जनौँ सहभागी थिए।

 

प्रदर्शनमा सहभागीहरूले चूरे दोहन, अवैध बालुवाघट्टा उत्खनन, नदी-नालाहरूको विनाश तथा जलवायु संकटबारे चेतावनी दिने प्लेकार्ड र ब्यानर बोकेका थिए। उनीहरूले सरकारसँग तत्काल चूरे क्षेत्रको संरक्षणमा कठोर नीति लागू गर्न, वन विनाश रोक्न तथा दीर्घकालीन योजना बनाउन माग गरे।

 

"चूरे क्षेत्र देशको जलस्रोतको मुहान हो। यसको विनाश सिङ्गो तराई-मधेस र देशको वातावरणीय सन्तुलनलाई जोखिममा पार्न सक्छ," संयोजक यादवले बताए।

 

कार्यक्रमले चूरे क्षेत्रको संरक्षण प्रति जनचेतना बढाउने र सरकारलाई दवाब दिन थप अभियान सञ्चालन गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..