दलाल पुजीवादी व्यवस्थाको विरुद्धमा जनसंघर्ष जारी_ महा सचिव कञ्चन

9 दिन पहिले प्रकाशित

 

सुरेन्द्र रविदास / राष्ट्रिय आवाज 

जनकपुर धाम, चैत्र २७ गते 

 

 नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का सहसचिव धर्मेन्द्र बास्तोला "कञ्चन"ले आज जनकपुर धाममा आयोजित एक कार्यक्रममा दलाल पुजीवादी व्यवस्थाको विरोध गर्दै सशक्त जनसंघर्ष जारी राख्ने प्रतिवद्धता जनाएका छन्।

 

गौरी मंडलको अध्यक्षतामा आज बुधबार जनकपुर धामको रामानंद चोकमा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कञ्चनले भ्रष्टाचार र सामाजिक असमानताको विरोध गर्दै वैज्ञानिक समाजवादको मार्ग अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले, "दलाल नोकरशाही र पुजीवादी व्यवस्थाले जनताको हक र अधिकारको उल्लंघन गर्दै आएको छ। यसलाई अन्त्य गर्न जनसंघर्ष लाई निरन्तरता दिनेछौं," भने।

 

कार्यक्रममा कञ्चनले जनवादी गणतन्त्रको स्थापना र आर्थिक असमानता कम गर्ने विषयमा जोड दिँदै, "पार्टी जनताको पक्षमा सशक्त संघर्ष गर्दै अघि बढ्नेछ," भने। उनले उपस्थित जनसमूहलाई 'जनवादी गणतन्त्रको दिशामा अधी बढौं' भन्ने नारासहित उत्साहित गरेका छन्।

 

कञ्चनले पार्टीको उद्देश्य वैज्ञानिक समाजवादको स्थापनामा रहेको भन्दै, जनताका हकमा आफूहरुको संघर्षलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  जनकपुरधाम, वैशाख ४ हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्य..

जनकपुरधाम, बैसाख २ गते  मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशित..

  इन्द्र भुषण यादव  जनकपुरधाम, बैशाख २ गते    मिथिलाञ्चलमा मंगलबार (आज) मंगल बार जुडशीतल पर्व मनाइँदै छ । मिथ..

  इन्द्र भुषण यादव  जनकपुरधाम, वैशाख १ धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्या..

  सुरेन्द्र रविदास  जनकपुरधाम, चैत्र ३१ — राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश प्रथम अधिवेशन जनकप..