स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना आज तेस्रो दिन पनि जारी

2 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, २७ चैत – मधेश प्रदेश सरकारले हालै लागू गरेको स्वास्थ्य सेवा ऐन, २०८१ को विरोधमा स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना बुधबार तेस्रो दिन पनि जारी रह्यो। स्वास्थ्यकर्मीहरूका अनुसार, नयाँ ऐनका प्रावधानहरूले उनीहरूको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न गरिरहेको छ, जसको कारण उनीहरूले तत्काल संशोधनको माग गरिरहेका छन्।

 

तीन दिनदेखि शान्तिपूर्ण तरिकाले धर्ना दिँदै आएका स्वास्थ्यकर्मीहरूले प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि प्रदेश सरकारले ध्यान नदिएको खण्डमा भोलीदेखि आन्दोलनको स्वरूप परिवर्तन गर्दै थप सशक्त र चरणबद्ध संघर्ष गर्ने तयारी गरिएको छ।

 

अहिलेसम्म आन्दोलनले जनकपुर धाम लगायत प्रदेशका विभिन्न स्थानहरूमा तिव्रता लिएको छ। स्वास्थ्यकर्मीहरूको यस आन्दोलनले प्रदेश सरकारलाई दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..