महोत्तरीमा भिटामिन ए कार्यक्रमबारे सञ्चारकर्मीहरू सँग अन्तरक्रिया सम्पन्न

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

महोत्तरी, चैत २८ – आगामी वैशाख ६ र ७ गते महोत्तरी जिल्लाभरि भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन हुने भएकोले कुनै पनि बालबालिका नछुटोस् भन्नका लागि स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

 

कार्यक्रममा पोषण फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी निःशुल्क खुवाइने जानकारी दिइन्।

 

उहाँले जिल्लाका ५१,४७७ बालबालिकालाई लक्षित गरी सञ्चालित हुने यस अभियानमा टोल टोलमा स्वंयसेविकामार्फत औषधी खुवाइने र अभिभावकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरिनुभयो। भिटामिन एले आँखाको स्वास्थ्य र बालबालिकाको समग्र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..