स्वास्थ्यकर्मी सँगको वार्ता नौटंकी : संयोजक यादवको आरोप

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , चैत्र २८ गते– मधेश प्रदेश सरकारले ल्याएको ‘स्वास्थ्य सेवा ऐन, २०८१’ को विरोधमा स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना बिहीबार चौथो दिनमा प्रवेश गरेको छ। चार दिनदेखि जारी धर्नाका बीच प्रदेश सरकार र आन्दोलनकारीबीच वार्ता भए पनि निष्कर्षविहीन रहँदा स्वास्थ्यकर्मीहरू झन आक्रोशित बनेका छन्।

 

सि.अ.हे.ब.–सि.अ.न.मी. चौथो/पाँचौ तह संघर्ष समितिका संयोजक संजीव कुमार यादवले सरकारसँगको वार्तालाई ‘नौटंकी’ भन्दै टिप्पणी गरेका छन्। उनले राष्ट्रिय आवाज सँग कुरा गर्दै भने, “अन्य ६ वटा प्रदेशमा लागू भएको नियम मधेश प्रदेशमा किन लागू हुँदैन? यो सरासर विभेद हो।” उनले स्वास्थ्यकर्मीहरूको आन्दोलन अब सशक्त र चरणबद्ध हुने चेतावनीसमेत दिए।

 

नयाँ ऐनले आफ्नो वृत्ति विकासमा अवरोध पुग्ने भन्दै स्वास्थ्यकर्मीहरू ऐन तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्। तर, उनीहरूको भनाइमा प्रदेश सरकार कानमा तेल हालेर बसेको छ।

 

मुख्यमन्त्री सतिश कुमार सिंहले भने आन्दोलनलाई ‘राजनीतिक उद्देश्य’ राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “दैनिक आन्दोलन र ज्ञापनपत्र आइरहेका छन्। यसरी आन्दोलन गर्नु राजनीति हो। म समाधानको प्रयास गरिरहेको छु, तर समय लाग्न सक्छ।”

 

जनकपुरधाम सहित प्रदेशका अन्य जिल्लामा पनि आन्दोलन तिव्र बन्दै गएको छ। आन्दोलन चर्किँदै गएसँगै सरकारमाथि दबाब बढेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..