धनुषाधाम वनस्पति उद्यानमा २६ औं वनस्पति दिवस उत्साहपूर्वक सम्पन्न

1 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता 

   जनकपुरधाम , चैत्र २९

मधेश प्रदेशको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताको धरोहर धनुषाधाम स्थित एक मात्र वनस्पति उद्यानमा २६ औं वनस्पति दिवस उत्साहपूर्वक मनाइएको छ।

 

कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्व वन तथा वातावरण राज्यमन्त्री तथा संघीय सांसद दीपक कार्कीले एक विशेष समारोहका बीच गर्नुभएको थियो। जसपा, नेपालका केन्द्रीय उपमहासचिव समेत रहनुभएका नेता कार्कीले आफ्नो सम्बोधनमा धनुषाधामको समुचित विकासका लागि वनस्पति अनुसन्धान केन्द्र र संरक्षित जंगलहरूको सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

 

उक्त अवसरमा जैविक विविधता, वन संरक्षण तथा वनस्पति प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका समाजवादी नेता एवं प्रदेश सभा सदस्य राम आशिष यादव, 'वृक्ष मानव' सुरेश शर्मा र मधेसी निजामती कर्मचारी मञ्चका नव निर्वाचित केन्द्रीय अध्यक्ष तथा वन अधिकृत लालबाबु यादवलाई सम्मान गरिएको थियो।

 

कार्यक्रम वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख डा. ताहिर हुसेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका वन निर्देशक जगरनाथ जयसवाल, मत्स्य तथा पशुपंक्षी निर्देशक जागेश्वर यादव, वन विज्ञ विनोद सिंह, आयुर्वेद औषधालय प्रमुख डा. एम.के. ठाकुर, सहायक वन अधिकृत शंकर नारायण झा, माओवादी नेता दीपक यादव, एमाले नेता योगकुमार यादव, जसपा नेतृ अम्बिका विश्वकर्मा र जसपा, नेपालका नगर अध्यक्ष विनोद यादवलगायतका वक्ताहरूले वनस्पति संरक्षण, जैविक विविधता र विकासको सन्दर्भमा आफ्ना विचार व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..