धनुषाधाम वनस्पति उद्यानमा २६ औं वनस्पति दिवस उत्साहपूर्वक सम्पन्न

8 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

   जनकपुरधाम , चैत्र २९

मधेश प्रदेशको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताको धरोहर धनुषाधाम स्थित एक मात्र वनस्पति उद्यानमा २६ औं वनस्पति दिवस उत्साहपूर्वक मनाइएको छ।

 

कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्व वन तथा वातावरण राज्यमन्त्री तथा संघीय सांसद दीपक कार्कीले एक विशेष समारोहका बीच गर्नुभएको थियो। जसपा, नेपालका केन्द्रीय उपमहासचिव समेत रहनुभएका नेता कार्कीले आफ्नो सम्बोधनमा धनुषाधामको समुचित विकासका लागि वनस्पति अनुसन्धान केन्द्र र संरक्षित जंगलहरूको सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

 

उक्त अवसरमा जैविक विविधता, वन संरक्षण तथा वनस्पति प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका समाजवादी नेता एवं प्रदेश सभा सदस्य राम आशिष यादव, 'वृक्ष मानव' सुरेश शर्मा र मधेसी निजामती कर्मचारी मञ्चका नव निर्वाचित केन्द्रीय अध्यक्ष तथा वन अधिकृत लालबाबु यादवलाई सम्मान गरिएको थियो।

 

कार्यक्रम वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख डा. ताहिर हुसेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका वन निर्देशक जगरनाथ जयसवाल, मत्स्य तथा पशुपंक्षी निर्देशक जागेश्वर यादव, वन विज्ञ विनोद सिंह, आयुर्वेद औषधालय प्रमुख डा. एम.के. ठाकुर, सहायक वन अधिकृत शंकर नारायण झा, माओवादी नेता दीपक यादव, एमाले नेता योगकुमार यादव, जसपा नेतृ अम्बिका विश्वकर्मा र जसपा, नेपालका नगर अध्यक्ष विनोद यादवलगायतका वक्ताहरूले वनस्पति संरक्षण, जैविक विविधता र विकासको सन्दर्भमा आफ्ना विचार व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..