वीरगंज शोभा यात्रामाथिको आक्रमणविरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, चैत्र ३१ गते— वीरगंजमा हनुमान जन्मोत्सवका अवसरमा आयोजित शोभा यात्रामाथि भएको ढुंगामुढा घटनाको विरोधमा आज जनकपुरधाममा राष्ट्रिय एकता अभियानले प्रदर्शन गर्दै गृहमन्त्रीको पुतला दहन गरेका छन्।

 

प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरे। उनीहरूले "सर्वपक्षीय बैठकको नाटक बन्द गर", "जिहादी आतंकवाद मुर्दावाद", "दोषीलाई तत्काल गिरफ्तार गर" जस्ता नारा लगाएका थिए।

 

अभियानका प्रतिनिधिहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै चेतावनी दिए कि यदि दोषीहरूलाई शीघ्र कारबाही नगरिए कडा आन्दोलन छेडिनेछ। “यो कुनै सामान्य घटना होइन। धार्मिक सहिष्णुता र स्वतन्त्रतामाथि हमला भएको छ,” उनीहरूले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..