वर्षाले गहुँबालीमा क्षति हुँदा धनुषाका किसान चिन्तित

8 महीना पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, वैशाख १

धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्यापक क्षति पुगेको छ। गहुँ काटेर सुकाउने तयारीमा रहेका किसानहरू अहिले बाली खेतमै भिजेपछि चिन्तित छन्।

 

किसानहरूले भित्र्याउने तयारीमा राखेको गहुँ वर्षाले भिजाएपछि खाद्य सुरक्षामाथि नै खतरा देखिएको छ। ‘गहुँ राम्रो फलेको थियो,’ धनुषाको एक किसान इन्द्र देव यादवले भने, ‘तर भित्र्याउने बेला परेको पानी र हुरीले नोक्सान गर्‍यो।’

 

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवका अनुसार, असिनासहितको वर्षाले खासगरी काटिसकेको गहुँबालीमा क्षति पुर्‍याएको छ। "अन्य बालीमा खासै असर नपरे पनि गहुँबालीमा ठूलो क्षति पुगेको छ," उनले भने, "के कति क्षति भएको हो भन्ने विवरण संकलन भइरहेको छ।"

 

स्थानीय तह र कृषि शाखालाई बालीको क्षतिको विवरण संकलन गरी कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जनाइएको छ। पाकेको मसुरो र अरहर खेतीमा समेत क्षति पुगेको किसानहरूको भनाइ छ।

 

बेमौसमी मौसमले गर्दा कृषकहरूको वर्षभरको मेहनत जोखिममा परेको छ। कृषि विज्ञहरूले यस्ता प्राकृतिक विपत्तिको दीर्घकालीन समाधानका लागि पूर्वतयारी आवश्यक रहेको औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..