गंगासागरमा जुडशितल पर्व भव्यताका साथ मनाइयो

8 महीना पहिले प्रकाशित

जनकपुरधाम, बैसाख २ गते 

मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशितल पर्व भव्यताका साथ मनाइएको छ।

सेभ हिस्टोरिकल जनकपुरधाम संस्थाद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता राजकुमार महासेठले जुडशितल पर्व सामाजिक संस्कार, संस्कृति र जलवायु सन्तुलन कायम राख्न पूर्वजले सुरु गरेको बताए।

प्रदेश सांसद तथा महागंगा आरतीका परिकल्पनाकार राम आशिष यादवले पर्वले माटो, हावा, पानी, जीवजन्तु र वनस्पतिको संरक्षणको सन्देश दिने बताए।

कार्यक्रममा कोषाध्यक्ष तथा युवा समाजसेवी रविकुमार गोयन्का लगायत वक्ताहरूले पर्वको सांस्कृतिक र पर्यावरणीय महत्वमाथि प्रकाश पारे।

जुडशितलको अवसरमा जेष्ठ नागरिकले एकअर्कालाई टाउकोमा पानी छर्केर आशिष दिने परम्परा पनि निर्वाह गरिएको थियो।

सेभ हिस्टोरिकल जनकपुरधामले गंगासागर महागंगा आरती घाटमा विगत ११ वर्षदेखि निरन्तर यो पर्व मनाउँदै आएको छ।

जलाशय संरक्षण, जल प्रदूषण नियन्त्रण, वृक्षारोपण र जेष्ठ नागरिक सम्मान जस्ता महत्वपूर्ण पक्ष समेटिने यस पर्वको संरक्षण आवश्यक रहेकोमा सबैले जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..