जनकपुरधाममा हिरो मोटरसाइकलको एक्सचेन्ज मेला शुरू

8 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, वैशाख ४

हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको छ। जनकपुरको रंगभूमि मैदानमा बिहीबारदेखि शुरू भएको मेलामा पुराना मोटरसाइकल साटेर नयाँ लिन सकिने व्यवस्था गरिएको छ।

 

स्वस्तिक अटो एण्ड ट्रेडिङ प्रा.लि.का सञ्चालक कृष्ण दीक्षितका अनुसार, ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले यो सेवा सुरू गरेको हो। मेलामा पुराना मोटरसाइकलको उचित मूल्यांकन सहित नयाँ बाइकमा विशेष छुट, सजिलो फाइनान्स सुविधा तथा अन्य आकर्षक अफरहरू उपलब्ध छन्।

 

दीक्षितले भने, “हिरो मोटरसाइकल विश्वमै सबैभन्दा धेरै बिक्री हुने, भरपर्दो र बलियो बाइकको रूपमा परिचित छ। हामीले जनकपुरका ग्राहकका लागि यो पहिलो पटक यस्तो अवसर ल्याएका हौं।”

 

मेलामा एक्सट्रिम १६० आर, एक्सपल्स २००, स्प्लेंडर प्लस लगायतका विभिन्न मोडेलका मोटरसाइकल प्रदर्शन तथा बिक्रीमा छन्। पहिलो दिनमै उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता देखिएको आयोजकको भनाइ छ।

 

मेलाको अफर आगामी वैशाख ९ गते मंगलबारसम्म लागू हुने आयोजकले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..