जनकपुरधाममा हिरो मोटरसाइकलको एक्सचेन्ज मेला शुरू

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, वैशाख ४

हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको छ। जनकपुरको रंगभूमि मैदानमा बिहीबारदेखि शुरू भएको मेलामा पुराना मोटरसाइकल साटेर नयाँ लिन सकिने व्यवस्था गरिएको छ।

 

स्वस्तिक अटो एण्ड ट्रेडिङ प्रा.लि.का सञ्चालक कृष्ण दीक्षितका अनुसार, ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले यो सेवा सुरू गरेको हो। मेलामा पुराना मोटरसाइकलको उचित मूल्यांकन सहित नयाँ बाइकमा विशेष छुट, सजिलो फाइनान्स सुविधा तथा अन्य आकर्षक अफरहरू उपलब्ध छन्।

 

दीक्षितले भने, “हिरो मोटरसाइकल विश्वमै सबैभन्दा धेरै बिक्री हुने, भरपर्दो र बलियो बाइकको रूपमा परिचित छ। हामीले जनकपुरका ग्राहकका लागि यो पहिलो पटक यस्तो अवसर ल्याएका हौं।”

 

मेलामा एक्सट्रिम १६० आर, एक्सपल्स २००, स्प्लेंडर प्लस लगायतका विभिन्न मोडेलका मोटरसाइकल प्रदर्शन तथा बिक्रीमा छन्। पहिलो दिनमै उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता देखिएको आयोजकको भनाइ छ।

 

मेलाको अफर आगामी वैशाख ९ गते मंगलबारसम्म लागू हुने आयोजकले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..