गङ्गासागरको संरक्षणका लागि धर्ना, प्रतिष्ठान निर्माणको प्रयास प्रति आपत्ति

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, बैशाख ६ –सनिवार 

जनकपुरधामको ऐतिहासिक धार्मिक स्थल गङ्गासागरको पूर्वी डिलमा निर्माणाधीन स्वर्गिय राम नारायण मिश्र स्मृति प्रतिष्ठान विरुद्ध शनिबार स्थानीयवासी र नागरिक अभियन्ताहरूले धर्ना दिएका छन्। ‘गङ्गासागर तथा सार्वजनिक स्थल बचाउ अभियान’ अन्तर्गत आयोजना गरिएको प्रदर्शनमा वक्ताहरूले गङ्गासागर जस्तो चिरपरिचित धार्मिक स्थलमा कुनै पनि किसिमको संरचना निर्माण अतिक्रमणको श्रेणीमा पर्ने बताएका छन्।

 

धर्नामा सहभागी अभियन्ता तथा युवा व्यवसायी अम्बु प्रसाद साहले गङ्गासागर जनकपुरधामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानको केन्द्र भएकाले त्यसलाई विवादास्पद रूपमा प्रयोग गर्न खोज्नु दु:खद भएको टिप्पणी गरे। “धार्मिक र ऐतिहासिक सम्पदामाथि अतिक्रमण गरेर स्मारक वा सालिक निर्माण गर्नु जनभावनाको अपमान हो,” उनले भने, “कसैलाई सम्मान गर्नु सकारात्मक हो, तर त्यो सम्मान जनताले साझा रूपमा माया गर्ने सम्पदाको मूल्य घटाएर होइन।”

 

साहले गङ्गासागर क्षेत्रको संरक्षण र प्रवर्द्धनमार्फत जनकपुरधामको पर्यटन विकास सम्भव भएको उल्लेख गर्दै स्मृति प्रतिष्ठान निर्माणका नाममा गरिँदै आएको गतिविधि रोक्न आग्रह गरे। उनका अनुसार सार्वजनिक स्थलहरूमा कुनै पनि संरचना निर्माण गर्दा स्थानीयको सहमति र सम्पदाको महत्वलाई ख्याल गर्नुपर्छ।

 

धर्नामा सहभागी अन्य वक्ताहरूलेसमेत धार्मिक स्थलहरूलाई राजनीतिगत र व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका थिए। उनीहरूले गङ्गासागरको संरक्षणका लागि थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। आजको विरोध कार्यक्रममा जनमत पार्टीका केन्द्रिय नेता इन्जिनियर सम्भु नाथ साह, युवा अभियन्ता मनोज कुमार, पुस्तक व्यवसायी तथा युवा अभियन्ता बजरंग यादब लगायतका आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..