पर्सा जिल्ला विकासको सवालमा जनमत पार्टी पर्साको पहल

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

बैशाख ८ गते, वीरगञ्ज

 

पर्सा — पर्सा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै जनमत पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत नेपाल सरकारलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेटमा पर्सा जिल्लाको प्राथमिकता सुनिश्चित गर्न पार्टीले माग गरेको हो।

 

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र प्रतिनिधिमण्डलमा केन्द्रिय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा तथा नेताहरू बृजेस्वर चौधरी, सन्तोष साह, संजय सिंह, अञ्जना गुप्ता, ई. सुनिल मुखिया, राजुराज गिरि, लोकेश कर्ण, संजय सरार्फ, कृष्ण कुशवाहा, मनोज साह, अभिषेक झा, आजाद अन्सारी, धिरेन्द्र पंजियार, सिकेन्द्र राम, हिरालाल राम र भुवन गिरि लगायतको उल्लेखनीय उपस्थिति थियो।

 

ज्ञापनपत्रमा समेटिएका प्रमुख ८ मागहरू यसप्रकार छन्:

१. अलपत्र अवस्थामा रहेको नारायणी रंगशालाको पुनःसंरचना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन।

२. नारायणी अस्पतालको पूर्वाधार विकासमा विशेष प्राथमिकता र सुविधा विस्तार।

३. स्थानीय स्तरमा जनताको सहज यातायातका लागि “जनता सडक” निर्माणमा बजेटको सुनिश्चितता।

४. कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिका लागि सिँचाइको लागि विशेष बजेटको व्यवस्था।

५. सिरिसिया नदीको संरक्षण र व्यवस्थापनका लागि विशेष योजना।

६. पर्साको ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष प्याकेज घोषणा।

७. वीरगञ्जमा रहेको कृषि औजार उद्योगको सुदृढीकरण र प्रवर्द्धनका लागि आवश्यक बजेट।

८. किसानलाई समयमै र सहज रूपमा खाद्य मल उपलब्ध गराउने सुनिश्चितता र बजेट व्यवस्थापन।

 

जनमत पार्टी पर्साले पर्सा जिल्लाले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान अनुसार विकासका परियोजनाहरूमा पनि सोहीअनुसारको प्राथमिकता पाउनुपर्नेमा जोड दिएको छ। स्थानीय जनताको आवाजलाई सरकारसम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने पार्टीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..