पाठ्यपुस्तकमा एकरूपता कायम गर्ने जनकपुरधामको निर्णयको स्वागत

1 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, बैशाख ८

जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकमा एकरूपता कायम गर्ने निर्णयलाई स्थानीय पुस्तक व्यवसायीहरूले स्वागत गरेका छन्।

 

नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको निर्णयअनुसार नगर क्षेत्रभित्रका सम्पूर्ण बोर्डिङ विद्यालयहरूले तोकिएको सूची अनुसारको पुस्तक मात्र प्रयोग गर्नुपर्नेछ। उक्त निर्णयको समर्थन गर्दै नेपाल पुस्तक व्यवसायी संघ, धनुषाका सहसचिव बजरंग यादवले शैक्षिक क्षेत्रमा देखिएको अव्यवस्था हटाउने दिशामा यो कदम महत्वपूर्ण हुने दाबी गरेका छन्।

 

"संविधानले दिएको शिक्षाको मौलिक अधिकारलाई कमजोर बनाउने गरी विद्यालय र प्रकाशनबीच भइरहेको आर्थिक चलखेलले गुणस्तरीय शिक्षामा नकारात्मक असर पारेको छ," यादवले भने, "अब कुनै पनि बोर्डिङ स्कुलले मनपरी पुस्तक सिफारिस गर्न पाउने छैन।"

 

उनले उपमहानगरपालिकाको निर्णयलाई समयानुकूल र स्वागतयोग्य भन्दै अन्य स्थानीय तहले पनि यस्तो अभ्यासको अनुकरण गर्नुपर्ने बताए।

 

यसैबीच, नेपाल पुस्तक व्यवसायी संघले सम्पूर्ण अभिभावकलाई विद्यालयले सिफारिस गरेको सूची अनुसार मात्र पुस्तक किन्ने आग्रह गरेको छ। संघले जनताको साथ र सहयोगले मात्रै यस्ता निर्णय कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..