जनकपुरधाममा बंगलादेशी हिन्दू नेताको हत्याविरुद्ध विरोध प्रदर्शन

1 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता,राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ९ – बंगलादेशमा हिन्दू नेता भावेशचन्द्र रायको हत्या विरुद्ध जनकपुरधाममा आइतबार विरोध प्रदर्शन गरिएको छ। विश्व हिन्दू परिषद् नेपालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले इस्लामिक उग्रवादको विरोध गर्दै हिन्दू अल्पसंख्यकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय ध्यानाकर्षणको माग गरे।

 

प्रदर्शनकारीहरूले ‘हिन्दूमाथि अत्याचार बन्द गर’, ‘बंगलादेशका हिन्दूको रक्षाको लागि नेपाल सरकारले पहल गरोस्’, ‘हिन्दू धर्मको रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 

कार्यक्रममा बोल्दै परिषद्का स्थानीय अगुवा सन्तोष साहले बंगलादेशमा पटक–पटक हिन्दूहरूमाथि आक्रमण भइरहे पनि अन्तर्राष्ट्रिय समुदाय मौन रहेकोप्रति चिन्ता व्यक्त गरे। उनीहरूले नेपालको सरकार तथा नागरिक समाजले समेत बंगलादेशी हिन्दूहरूप्रति ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याए।

 

“हामी शान्तिपूर्ण तरिका अपनाएर आवाज उठाइरहेका छौं, ताकि पीडित हिन्दू समुदायको पीडामा साथ दिन सकियोस्,” एक सहभागीले भने।

प्रदर्शन जनकपुरको जनक चोकमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..