जनकपुर प्रादेशिक अस्पताल सँगै देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प

1 वर्ष पहिले प्रकाशित

 

ओ पी साह, राष्ट्रिय आवाज 

 जनकपुरधाम ,वैशाख १२

नेपाल चिकित्सक संघले शुक्रबार मधेश प्रदेश सरकार अन्तर्गत जनकपुरधाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालसहित देशभरका सरकारी, निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरूमा आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण सेवा ठप्प पारेको छ।

 

संघले आवासीय चिकित्सकहरू लाई दिइनुपर्ने निर्वाह भत्ता तथा श्रम शोषणविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको जनाएको छ। संघका अध्यक्ष डा. रामजी यादवले राष्ट्रिय आवाजसँग कुरा गर्दै आन्दोलनको कारणबारे जानकारी दिएका हुन्।

 

संघले एक विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकहरूले लामो समयदेखि निर्वाह भत्ता नपाएको, र आन्दोलनमा संलग्न भएकै कारण विभिन्न निकायबाट धम्की आउने गरेको बताउँदै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

 

डा. यादवका अनुसार प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। धनुषा जिल्लामा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइने र त्यसपछि जनक चोकसम्म र्‍याली निकालेर कोणसभा गरिने संघको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

यसअघि पनि संघले माइतीघरस्थित स्वास्थ्य मन्त्रालयअगाडि प्रदर्शन गरिसकेको छ। संघले मागहरू पुरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..