भारत नेपालको सच्चा मित्र : मन्त्री गुप्ता

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १३ – भारत विहार सरकारका पञ्चायती राज मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारतबीचको सम्बन्ध साँचो छिमेकी मित्रताको उदाहरण भएको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित कानु समाज नेपाल धनुषा द्वारा आयोजित सपथ ग्रहण तथा सम्मान समारोहमा बोल्दै मन्त्री गुप्ताले नेपालको समृद्धि र विकास यात्रामा भारत सरकार सधैं सहयोगका लागि तत्पर रहेको बताएका हुन्।

 

"भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विहारका मुख्यमन्त्री नितीश कुमार सिंह पनि नेपालको विकासमा चिन्तित रहनुहुन्छ," मन्त्री गुप्ताले भने। नेपालको समृद्धि भारतको पनि चाहना भएको उनको भनाइ थियो।

 

मन्त्री गुप्ताले नेपाल सदीयौँ देखि हिन्दू राष्ट्र रहेको र धर्मनिरपेक्षताको नाममा त्यसको पहिचान मेट्न खोज्नु राष्ट्रहित विपरीत रहेको बताएका थिए। साथै, नेपालमा प्राकृतिक सम्पदाको अपार सम्भावना रहेकाले समृद्धि सहजै हासिल गर्न सकिने उल्लेख गरे।

 

कार्यक्रममा कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी साह कानु, गोविन्द सेवा समिति बेलाका अध्यक्ष तथा जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह, प्रा. रमेश साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतले कानु समाजको उत्थान र जातीय जनजागरण अभियानमा जुट्न आग्रह गरे।

 

सो अवसरमा जनकपुर नगर समितिका अध्यक्ष शङ्कर प्रसाद साह नेतृत्वको २५ सदस्यीय नयाँ कार्यसमिति र कानु समाजका युवा मञ्चका अध्यक्ष सन्तोष साह नेतृत्वको २१ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइयो।

 

समारोहमा समाजसेवी वडाध्यक्ष राघवेन्द्र साहले महामना राजेश्वर नेपालीको योगदानमा आधारित १ हजार ३ सय पृष्ठको अभिनन्दन ग्रन्थ प्रदान गरी मन्त्री गुप्तालाई सम्मान गरे। मन्त्री गुप्ताले जनकपुरस्थित जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर तथा बेला स्थित बाबा गनिनाथ गोविन्द मन्दिरमा पूजन समेत गरेका थिए।

 

कार्यक्रममा वरिष्ठ पत्रकार श्रीनारायण साह, कमल साह, विभिन्न डाक्टर, इन्जिनियर, प्राचार्य, राजनीतिकर्मी, समाजसेवी, सेवानिवृत्त कर्मचारी लगायत विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो। धनुषा र महोत्तरी जिल्लाका हजारौं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..