११ महिनामा उदाहरणीय ट्राफिक व्यवस्थापन प्रयास, ओलीको सरुवा काठमाडौं

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुर, बैशाख १६ गते 

धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरि बहादुर ओलीको करिब एक साल बसाई पछि सरुवा भई अब उनी काठमाडौंको नक्साल स्थित अपराध अनुसन्धान विभागमा कार्यरत हुने भएका छन्।

 

ओलीले धनुषामा रहेर झन्डै एक वर्षको अवधिमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन प्रयास गरेका थिए। उनले सवारी दुर्घटनाको दर घटाउनुका साथै ट्राफिक नियमबारे जनचेतना फैलाउने कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्दै आएका थिए।

 

“जनताले प्रत्यक्ष महसुस गर्न सक्ने गरी काम गर्ने प्रयास गरेँ,” उनले राष्ट्रिय आवाज सँगको कुराकानीमा भने, “११ महिना १५ दिनको कार्यकालमा सवारी दुर्घटनामा कमी आएको विभिन्न इन्डिकेटरहरूले देखाएका छन्।”

 

प्रमुख पर्वहरू—विवाह पञ्चमी, सरस्वती पूजा, छठलगायतका समयमा ट्राफिक व्यवस्थापनमा उनी स्वयं खटिन्थे। यही निरन्तर प्रयासको परिणामस्वरूप जनकपुरको ट्राफिक व्यवस्थापनमा अनुशासन र सजगता देखिन थालेको स्थानीय नागरिकहरू बताउँछन्।

 

आज बिहान जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित विदाई कार्यक्रममा इन्स्पेक्टर ओलीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उनले भने, “सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र होइन, सबै नागरिकको साझा सरोकार हो। त्यसमा सबैले जिम्मेवारी निभाउनु आवश्यक छ।”

 

ओलीले विद्यालय र सामुदायिक कार्यक्रमहरू मार्फत ट्राफिक सचेतना अभियानलाई तीव्र बनाएका थिए। उनका अनुसार, ट्राफिक नियम पालनाको संस्कार बाल्यकालदेखि नै बसालिनु पर्छ भन्ने मान्यताका साथ उनले स्कुले शिक्षामा समेत ट्राफिकको ज्ञान जोड्ने प्रयास गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..