जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा अक्षय तृतीया अवसरमा सर्वत वितरण

6 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १७ – अक्षय तृतीया पर्वको पावन अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण, हैडक्वाटर धनुषाले जनकपुरधामको जनकचोकमा सर्वत र सतुवा वितरण कार्यक्रम आयोजना गरेको छ।

 

जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलिया गणद्वारा आयोजित कार्यक्रममा ‘अक्षय तृतीया–२०८२ को अवसरमा भगवान शिव र पार्वतीको वैवाहिक जीवन प्रवेशको शुभ सम्झनामा सर्वसाधारणलाई शीतल पेय (सर्वत) वितरण गरिएको हो।

 

सुरक्षा व्यवस्थासँगै समाजसेवामा पनि सक्रियता देखाएको सशस्त्र प्रहरीले “समाजका लागि केही फरक, सकारात्मक गरौं” भन्ने भावनाका साथ सेवा प्रदान गरेको हो। जनकचोक क्षेत्रमा आयोजित कार्यक्रममा सयौं स्थानीय र दर्शनार्थीहरुले शीतल पेयको सेवा लिएका थिए।

 

कार्यक्रम सफल बनाउन खटिएका सशस्त्र प्रहरीका जवानहरुको सक्रियता उल्लेखनीय थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..