खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निकाय मौन

8 महीना पहिले प्रकाशित

धिरेश दत्त

जनकपुरधाम, बैशाख १८ गते बिहिबार।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसोकै समयमा खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिएको पाईएकोछ । 

वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खननमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएपनि बिहानको समयमा समेत नदीजन्य सामग्री उत्खनन रोकिएको छैन ।

डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

साथै उहाँले मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा दिएको बताउनुभयो ।

सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

पछिल्लो समय धनुषाको विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा अवैध ढङ्गले बालुवा, माटो र अन्य सामग्री उत्खनन हुने क्रम बढेपनि अहिले दिउँसोकै समयमा अबैध उत्खनन भईरहेको पाईएको छ । यस्ता क्रियाकलापले वन क्षेत्रको जैविक विविधता र पर्यावरणमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला तथा स्थानीयले रोकथामको माग गर्दै आए पनि सम्बन्धित निकाय मौन देखिएकोछ भने प्रहरी प्रशासन समेत मुकदर्शक भएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..