नेपाल इ-रिक्सा मजदुर संगठन द्वारा मजदुर दिवस मनाए

8 महीना पहिले प्रकाशित

 

सुरेन्द्र रविदास / राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १८ गते

 

नेपाल इ-रिक्सा मजदुर संगठनद्वारा आज साँझ जनकपुरधामको पिराडि चौकमा आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) भव्य रूपमा मनाएका छन। संगठनका अध्यक्ष श्री राम यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री माननीय जुलि कुमारी महतो प्रमुख अतिथि रहनुभएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले मजदुर वर्गको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नु पर्नेमा जोड दिनुभयो। उहाँले इ-रिक्सा चालकहरूको समस्यालाई सम्बोधन गर्न स्थानीय र संघीय सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षित, मर्यादित र सम्मानजनक काम वातावरण निर्माणको आवश्यकता औंल्याउनुभयो।

 

संगठनका अध्यक्ष श्री यादवले इ-रिक्सा चालकहरूका लागि सामाजिक सुरक्षा, बीमा सुविधा र नियमित प्रशासनिक सहजीकरणको माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउनुभयो। कार्यक्रममा विभिन्न वक्ताहरूले मजदुर वर्गप्रति समाजको दृष्टिकोण, अधिकार र समृद्धिमा उनीहरूको योगदानबारे मन्तव्य राखेका थिए।

 

कार्यक्रममा नेकपा (एमाले) का नेता संतोष कुमार यादव, सुभ नारायण मण्डल,स्थानिय जनप्रतिनिधि, मजदुर संगठनका सदस्य, महिला अगुवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..