नेपाल इ-रिक्सा मजदुर संगठन द्वारा मजदुर दिवस मनाए

1 वर्ष पहिले प्रकाशित

 

सुरेन्द्र रविदास / राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १८ गते

 

नेपाल इ-रिक्सा मजदुर संगठनद्वारा आज साँझ जनकपुरधामको पिराडि चौकमा आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) भव्य रूपमा मनाएका छन। संगठनका अध्यक्ष श्री राम यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री माननीय जुलि कुमारी महतो प्रमुख अतिथि रहनुभएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले मजदुर वर्गको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नु पर्नेमा जोड दिनुभयो। उहाँले इ-रिक्सा चालकहरूको समस्यालाई सम्बोधन गर्न स्थानीय र संघीय सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षित, मर्यादित र सम्मानजनक काम वातावरण निर्माणको आवश्यकता औंल्याउनुभयो।

 

संगठनका अध्यक्ष श्री यादवले इ-रिक्सा चालकहरूका लागि सामाजिक सुरक्षा, बीमा सुविधा र नियमित प्रशासनिक सहजीकरणको माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउनुभयो। कार्यक्रममा विभिन्न वक्ताहरूले मजदुर वर्गप्रति समाजको दृष्टिकोण, अधिकार र समृद्धिमा उनीहरूको योगदानबारे मन्तव्य राखेका थिए।

 

कार्यक्रममा नेकपा (एमाले) का नेता संतोष कुमार यादव, सुभ नारायण मण्डल,स्थानिय जनप्रतिनिधि, मजदुर संगठनका सदस्य, महिला अगुवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..