मोडेल पब्लिक स्कूल द्वारा वार्षिक पुरस्कार वितरण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख २० गते

जनकपुरधाम–१४ रजौल स्थित मोडेल पब्लिक स्कूलले वार्षिक पुरस्कार वितरण कार्यक्रम आयोजना गरी अध्ययन, अतिरिक्त क्रियाकलाप र अनुशासनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानित गरेको छ।

 

कार्यक्रमको प्रमुख आतिथ्य जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्य प्राप्त यादवले ग्रहण गरेका थिए। उनले आफ्नो सम्बोधनमा वर्तमान समय प्रतिस्पर्धाको युग भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भदेखि नै मनोवैज्ञानिक दृष्टिकोणले सशक्त बनाउनु आवश्यक रहेको बताए। “यिनै बालबालिका भविष्यमा देशका कर्णधार हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण छन्,” उनले भने।

 

कार्यक्रम विद्यालयका प्रिन्सिपल लक्ष्मी नारायण साहको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले विद्यालयमा १० कक्षा सम्मका ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

 

विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा अभिभावक, नागरिक समाज, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..