नगर प्रमुखको एकलौटी कार्यशैली विरुद्ध उपप्रमुख र वडाध्यक्षहरूको आरोप

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, बैशाख २१ गते

 धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नगर प्रमुख सुकदेव यादवको एकलौटी कार्यशैली विरुद्ध उपप्रमुख रचना श्रेष्ठ माथेमा र वडाध्यक्षहरूले आज पत्रकार सम्मेलन गरी गम्भीर असन्तुष्टि जनाएका छन्।

आइतबार सम्पन्न पत्रकार सम्मेलनमा उनीहरूले मेयर यादवले ऐन, कानुन मिच्दै कार्यालयमा मनपरी शैलीमा शासन चलाएको आरोप लगाएका हुन्। उपप्रमुख माथेमाले आफू न्यायिक समितिको प्रमुख हुँदाहुँदै पनि कर्मचारी नदिई समितिलाई कामविहीन बनाइएको बताइन्।

 

उनको भनाइमा, तीन वर्षे कार्यकालमा न विकासका योजना अघि बढ्न सकेका छन्, न त नागरिकले सेवा प्रवाहमा सहजता अनुभव गरेका छन्। उपप्रमुख सहित वडाध्यक्षहरूले मेयरले वडास्तरीय छलफल नगरी उपभोक्ता समिति गठन गरेको, प्राविधिक सल्लाह बिना योजना अघि बढाएको, लोकसेवा आयोगबाट आएका कर्मचारीलाई हाजिर हुन नदिएको, र न्यायिक समिति पूर्ण रूपमा निष्क्रिय बनाएको आरोप लगाए।

 

पत्रकार सम्मेलनमा वडा नम्बर ४ का वडाध्यक्ष जगदीश यादवले नगर प्रमुखले आफूसहितका जनप्रतिनिधिहरूको सल्लाह बेगर निर्णय गर्दै आएका कारण नगरको समग्र विकासमा बाधा पुगेको बताए। ‘विकासका लागि आवश्यक प्राविधिक कर्मचारी नचाहेर, कार्यालय सहयोगी र नगर प्रहरीजस्ता पदमा सैंकरौ कर्मचारी भर्ना गर्न खोजिएको छ,’ उनले भने। नगरपालिकाका रेड बुक समेत सार्वजनिक न गरेको दुखेसो पोखे ।

 

प्रमुख प्रशासकीय अधिकृत रामउद्गार अधिकारी र लेखा अधिकृत प्रमोद घिमिरेले मेयरको निर्देशनअनुसार मात्र काम गरेको आरोप लगाउँदै सरुवाको माग गरिएको छ।

 

निवर्तमान मेयर योगेन्द्र पजियारले वर्तमान नेतृत्वमा स्वास्थ्य र शिक्षा क्षेत्र धराशायी भएको टिप्पणी गरे। ‘हाम्रो पालामा स्थापना गरिएको सर्पदंश अस्पताललाई कमजोर बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य संस्थामा सामान्य औषधि समेत न पाइने गरेको बताए।

 

उपप्रमुख माथेमाका अनुसार चालु आर्थिक वर्षमा करिब २२ करोड रुपैयाँ बजेट विनियोजन भएर पनि योजनाहरू सञ्चालनमा आउन सकेका छैनन्। उनका अनुसार मेयरको असहयोगका कारण करिब दर्जनौं योजना अलपत्र छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..