तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता जनकपुरधाममा भव्य सुरुवात

1 वर्ष पहिले प्रकाशित

सुरेन्द्र रविदास 

जनकपुरधाम, जेठ २६ – जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि जनकपुरधाम–१४ स्थित श्री रामजानकी बहुउद्देशीय रंगशाला, बेलही रजौलमा सुरु भएको छ।

 

प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रममा उपमहानगर प्रमुख मनोज कुमार साह, जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्र, प्रशिक्षक नवीन सिंह तथा खेलप्रेमी लाला गुनवन्त सिंहको उपस्थिति रहेको थियो। नगर प्रमुख साहले स्थानीय तहबाट खेल क्षेत्रको विकासमा निरन्तर प्रयास जारी राखिने प्रतिबद्धता जनाए। १४ स्थित श्री रामजानकी बहुउद्देशीय रंगशाला निर्माणमा जनकपुरकै संघीय सांसदहरु अवरोध उत्पन्न गरिरहेको छ।बहुउद्देशीय रंगशाला निर्माणमा सबैको हातेमालोको अतिआवश्यक रहेको कुरामा मेयरले दोड दिएका थिए।

 

यस पटकको मेयर कप प्रतियोगितामा कुल १२ वटा टोली सहभागी भएका छन्, जसमा मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधि टोलीहरूका साथै भारतका चार टोलीहरू पनि प्रतियोगितामा सहभागी भएका छन्। यसले प्रतियोगितालाई अन्तरदेशीय स्वरूप दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अनुभव आदान–प्रदानको अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रतियोगिताको उद्घाटन खेल बिहान ९ः०० बजे धनुषा र महोत्तरीबीच सम्पन्न भएको छ भने दोस्रो खेल दिउँसो १ः३० बजे सर्लाही र सप्तरीबीच हुनेछ।

 

जनकपुरधाम उपमहानगरपालिकाले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको यो प्रतियोगिता मधेश प्रदेशकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको छ। आयोजकले खेलमार्फत युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै स्वास्थ्य र अनुशासनमा आधारित जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..