हंसपुरमा तेली समाजको प्रथम साधारण सभा सम्पन्न

6 महीना पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुर धाम,हंसपुर, बैशाख २७ — हंसपुर नगरपालिका–८ स्थित सुगा मधुकरहीमा शनिबार तेली कल्याण समाज नेपाल, हंसपुर नगर कार्यसमितिको आयोजनामा प्रथम साधारण सभा तथा उद्घाटन समारोह सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री अरविन्द साहले तेली समुदायको सामाजिक, आर्थिक र शैक्षिक उन्नतिका लागि एकताबद्ध प्रयासको आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्र आपसी सहयोग र समन्वय अझै सशक्त बनाउन आग्रह गरे। उनले तेली समाजको पहिचान र अधिकार स्थापित गर्न युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

सभाको अध्यक्षता नगर कार्यसमितिका अध्यक्ष श्याम कुमार साहले गरेका थिए भने कार्यक्रमको संयोजन नगर सचिव राज कुमार साहले गरेका थिए।

 

साधारण सभामा सहभागी वक्ताहरूले राजनीतिक दलले तेली समाजलाई भोट बैंकको रुपमा मात्रा प्रयोग गरेको हुनाले अब सचेतापूर्वक आपसी भाइचारा, सामाजिक समावेशिता र समुदायको समृद्धिको लागि साझा योजना निर्माण गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नगरका विभिन्न वडाबाट उलेख्य सहभागिता देखिएको थियो।

 

तेली कल्याण समाज नेपाल, हंसपुर नगर कार्यसमिति परिवारद्वारा आयोजित यो कार्यक्रमले स्थानीय समुदायमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..