हंसपुरमा तेली समाजको प्रथम साधारण सभा सम्पन्न

1 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुर धाम,हंसपुर, बैशाख २७ — हंसपुर नगरपालिका–८ स्थित सुगा मधुकरहीमा शनिबार तेली कल्याण समाज नेपाल, हंसपुर नगर कार्यसमितिको आयोजनामा प्रथम साधारण सभा तथा उद्घाटन समारोह सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री अरविन्द साहले तेली समुदायको सामाजिक, आर्थिक र शैक्षिक उन्नतिका लागि एकताबद्ध प्रयासको आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्र आपसी सहयोग र समन्वय अझै सशक्त बनाउन आग्रह गरे। उनले तेली समाजको पहिचान र अधिकार स्थापित गर्न युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

सभाको अध्यक्षता नगर कार्यसमितिका अध्यक्ष श्याम कुमार साहले गरेका थिए भने कार्यक्रमको संयोजन नगर सचिव राज कुमार साहले गरेका थिए।

 

साधारण सभामा सहभागी वक्ताहरूले राजनीतिक दलले तेली समाजलाई भोट बैंकको रुपमा मात्रा प्रयोग गरेको हुनाले अब सचेतापूर्वक आपसी भाइचारा, सामाजिक समावेशिता र समुदायको समृद्धिको लागि साझा योजना निर्माण गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नगरका विभिन्न वडाबाट उलेख्य सहभागिता देखिएको थियो।

 

तेली कल्याण समाज नेपाल, हंसपुर नगर कार्यसमिति परिवारद्वारा आयोजित यो कार्यक्रमले स्थानीय समुदायमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..