जानकी मन्दिरमा १५० थान भगवा झण्डा फहराइयो

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, २०८२ वैशाख २८ गते

 

नेपाल गौ सेवा दलको आयोजनामा जनकपुरधाम स्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा १५० थान भगवा झण्डा फहराइएको छ। कार्यक्रम दलका अध्यक्ष राज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

धार्मिक र सांस्कृतिक चेतनाको प्रवर्धन गर्दै जानकी नवमीको अवसरमा हिन्दू परम्पराको महत्व उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संगठनका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

 

कार्यक्रममा अध्यक्ष राज कुमार चौधरी, महासचिव राहुल महतो, महिला उपाध्यक्ष सरिता राउत, सदस्यहरू तेज नारायण ठाकुर, गणेश साह, देव सुन्दर यादव, आशिष गुप्ता, सन्तोष साह, तथा बाल अभियन्ता आनन्द ठाकुरको सक्रिय भूमिका रहेको थियो।

 

भगवा झण्डा फहराउँदै जनकपुरको धार्मिक गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने आशयसहित सम्पन्न उक्त कार्यक्रमले स्थानीय तथा बाह्य भक्तजनमा उत्साह थपेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..