राजर्षि जनक मा.वि. पिड़ारी जनकपुर धाम-१३ द्वारा विद्यार्थी भर्ना अभियान सुरु

1 वर्ष पहिले प्रकाशित

 

 राष्ट्रिय आवाज

जनकपुर धाम,वैशाख २९ गते, सोमबार 

 

"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ आज जनकपुरधाम–१३ स्थित राजर्षि जनक माध्यमिक विद्यालय पिड़ारीले निःशुल्क विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।

 

उक्त अभियान जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १३ का अध्यक्ष जीत बहादुर राउत, विद्यालयका प्रधानाध्यापक विनोद कुमार साह लगायत स्थानीय अगुवा, अभिभावक तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रममा नगरप्रमुख साहले भने, "शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार हो। जनकपुरधाम उपमहानगरपालिका सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र गुणस्तरीय शिक्षा उपलब्ध गराउने अभियानमा पूर्ण रूपमा प्रतिबद्ध छ। यस्तो अभियानले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ।"

 

उक्त अभियानमार्फत बालबालिकाहरूको विद्यालय सहभागिता बढाउने र सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको विद्यालय प्रशासनले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..