शिक्षा सुधारको पहल : मुख्यमन्त्री सिंहको नेतृत्वमा विद्यालय अनुगमन सुरु

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ३० गते— मधेश प्रदेश सरकार शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ सक्रिय बनेको छ। यसै क्रममा प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालय अनुगमन अभियानको शुभारम्भ गरेका छन्।

 

आज धनुषा जिल्लाको हंसपुर नगरपालिकामा प्रदेश सरकारका उच्च अधिकारीहरूको टोलीले विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको छ। अनुगमन टोलीमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षा निर्देशनालयका प्रमुख महेन्द्र महतो, स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवालाहरू सहभागी थिए।

 

अनुगमनको क्रममा विद्यालयहरूको भौतिक पूर्वाधार, विद्यार्थीको उपस्थिति, शिक्षकहरूको नियमितता, शैक्षिक गुणस्तर, पाठ्यक्रमको कार्यान्वयन स्थिति, छात्रवृत्ति व्यवस्थापन, र शिक्षण सिकाइ प्रक्रियाबारे सूक्ष्म रुपमा अवलोकन गरिएको थियो।

 

मुख्यमन्त्री सिंहले भने, "शिक्षा भनेको कुनै पनि समाजको विकासको मेरुदण्ड हो। हामी मधेश प्रदेशमा गुणस्तरीय र सबल शिक्षा प्रणालीको स्थापना गर्न प्रतिबद्ध छौं। अनुगमन अभियान निरन्तर हुनेछ र प्राप्त सुझाव तथा समस्याहरूको समाधानमा सरकार क्रियाशील रहनेछ।"

 

अनुगमनपछि स्थानीय विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग समेत छलफल गरी उनीहरूको गुनासो र सुझाव सुन्ने कार्य गरिएको थियो।सरकारको यो कदमले शिक्षा क्षेत्रमा सुधारको सकारात्मक संकेत दिएको जनप्रतिनिधिहरू र अभिभावकहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..